सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
कोरोनाभाइरस

कोरोना सङ्क्रमणबाट मृत्यु हुने ७८ वर्षीय पुरुष

मङ्गलबार, २८ चैत २०७९, १८ : ३२
मङ्गलबार, २८ चैत २०७९

काठमाडौँ । नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । असोज ८ गतेपछि पहिलो पटक कोरानाभाइरस (कोभिड–१९) सङ्क्रमणका कारण ज्यान गएको हो । 

कोरोना सङ्क्रमणका कारण ७८ वर्षीय पुरुषको ज्यानको गएको स्वास्थ्य मन्त्रालय सह प्रवक्ता डा.समीरकुमार अधिकारीले बताए । सङ्क्रमणका कारण मृत्यु भएका पुरुषलाई सुगर, प्रेसर लगायतका स्वास्थ्य समस्या थियो । काठमाडौँ उपत्यकामा उपचारका क्रममा उनको ज्यान गएको हो । डा अधिकारी भन्छन्, ‘अन्य दीर्घरोग लागि उपचाररत व्यक्तिमा कोरोना सङ्क्रमण भई ज्यान गएको अवस्था कोरोनाकै कारण ज्यान गएको भनिन्छ ।’  

पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । गएको २४ घण्टामा १०६ जना सङ्क्रमित भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप