सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चार जना फरार प्रतिवादी पक्राउ

मङ्गलबार, २८ चैत २०७९, १९ : १०
मङ्गलबार, २८ चैत २०७९

सुर्खेत । चार जना फरार प्रतिवादी पक्राउ परेका छन् । मंगलबार रुकुम पश्चिम प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  

पक्राउ पर्नेमा ३ जना महिला र एकजना पुरुष रहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार पक्राउ पर्नेमा सानीभेरी गाउँपालिका–१ चाईनाबगर बस्ने १९ वर्षीय प्रेमकला बोहरा, बाँफिकोट गाउँपालिका–६ बस्ने ५० वर्षीय मिना कुमारी शाही, सानीभेरी गाउँपालीका–४ गाउँभेरी बस्ने ३४ वर्षीय टिका वि.क र चौरजहारी नगरपालिका–१ नाखिरा बस्ने सिद्धान्त वि.क रहेको छन् ।  

प्रेमकला जबरजस्ती करणी उद्योगको मुद्दामा  फरार रहेकी थिइन् । अदालतले उनलाई ५ हजार जरिवाना तोकेको थियो । तर, उनीे जरिवाना नतिरेर फरा रहेको प्रहरीले जनाएको छ । टिका वाल विवाह मुद्दामा फरार प्रतिवादी महिला हुन् । उनीे तोकिएको तीन हजार जरिवाना नतिरेर फरार भएकी थिइन् ।

मिना भने लागुऔषध चरेशको मुद्दामा फरार प्रतिवादी महिला हुन् । उनलाई ३१ दिन कैद र २ हजार जरिवाना तोकिएको थियो । तर, उनले कैद भुक्तान र जरिवाना नतिरेर फरार रहेकी थिइन् ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप