सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दमकलाई हराउँदै फिक्कल फाइनलमा प्रवेश

मङ्गलबार, २८ चैत २०७९, २० : २१
मङ्गलबार, २८ चैत २०७९

इलाम । दमक फुटबल एकेडेमीलाई हराउँदै फिक्कल युनाइटेड तेश्रो सन्दकपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सातखाल्डे खेलमैदानमा जारी प्रतियोगितामा पहिलो सेमिफाइनलमा फिक्कलले दमकलाई ३-२ गोल अन्तरले हराएको हो । पहिलो हाफमा २-० गोल अन्तरको अग्रता बनाएको फिक्कलले दोस्रो हाफमा थप १ गोल गर्न सफल रह्यो । खेलको छैटौँ मिनेटमा शेखर राईले फिक्कललाई सुरुवाती अग्रता दिलाए । २ मिनेट नबित्दै शेखरले अग्रता दोब्बर बनाए ।

४५ औ मिनेटमा निश्चल बस्नेतले अग्रता कम बनाए । फिक्कलका कप्तान सचिन योल्मु दोहोरो पहेँलो कार्ड खाँदै ६५ औ मिनेटमा मैदान बाहिरिए । १० खेलाडीमा सीमित बनेको फिक्कलका लागि नयन प्रधानले इन्जुरी समयमा अग्रता ३-१ बनाए । दबाबमा परेको दमकका लागि इन्जुरी समयको अन्तिम मिनेटमा निमा तामाङले गोल गरेपनि जितका लागि पर्याप्त भएन । जितसँगै फिक्कलले कम्तीमा ८१ हजार सुरक्षित गरेको छ । खेलको म्यान अफ दि म्याच २ गोलकर्ता शेखर घोषित हुँदै नगद २ हजार प्राप्त गरे । दोस्रो सेमिफाइनल खेलमा बुधबार बिर्तामोड युनाइटेड र बुट्टाबारी युनाइटेड बीच प्रतिस्पर्धा हुनेछ । 

बिर्तामोडले नवप्रयास ताप्लेजुङ र बुट्टाबारीले रेडहर्स इलामलाई हराउँदै सेमिफाइनल पुगेको हो । आगामी वैशाख १ गते फाइनल हुने प्रतियोगिताको विजेताले १ लाख ५१ हजार प्राप्त गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप