सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दार्चुलामा जिप दुर्घटना

मङ्गलबार, २८ चैत २०७९, २१ : ०५
मङ्गलबार, २८ चैत २०७९

दार्चुला । दार्चुलामा जिप दुर्घटना भएको छ । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ८ मा जिप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार खलंगाबाट गोकुले जाँदै गरेको से १ ज ८४९ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको म १ ज २७६ नम्बरको जिप आपसमा ठोकिएका हुन् ।

जिपमा सवार १४ वर्षीय सुनिता चैसीर सामान्य घाइते भएकी छन् । अन्य यात्रुलाई चोटपटक लागेको छैन । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।-न्युज कारखाना 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप