मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आइपिएल क्रिकेटमा मुम्बईको पहिलो जित

बुधबार, २९ चैत २०७९, ०६ : ०६
बुधबार, २९ चैत २०७९

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ ।

मुम्बईले मंगलबार भएको खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै पहिलो जित निकालेको हो । लिगमा दिल्लीको भने लगातार चौथो हार हो ।

अरुण जेट्ली रङ्गशालामा सम्पन्न खेलमा दिल्लीले प्रस्तुत गरेको १७३ रनको लक्ष्य मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको दिल्लीले १९।४ ओभरमा सबै विकेट गुमाएर १७२ रनको योगफल खडा गरेको थियो ।

जितसँगै तीन खेलबाट दुई अङ्क जोडेको मुम्बई आठौँ आठौँ स्थानमा छ । चार खेल खेल्दा पनि अङ्कविहीन दिल्ली तालिकाको पुछारमा छ ।

आइपिएलमा आज चेन्नेइ सुपर किङ्स र राजस्थान रोयल्सबिच प्रतिस्पर्धा हुने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप