आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उपनिर्वाचनलाई लिएर उपेन्द्र यादव भयभीत छन् : उम्मेदवार ज्ञवाली

बुधबार, २९ चैत २०७९, ०७ : ५१
बुधबार, २९ चैत २०७९

बारा । बारा–२ मा बैशाख १० गते हुने उपनिर्वाचनमा प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले उपेन्द्र यादव भयभीत भएर आठ, दशवटा दल बोकेर उपनिर्वाचन लड्न बारा आएको बताएका छन् ।

महागढीमाई नगरपालिका वडा नं ६ मा आयोजित घरदैलोको क्रममा रातोपाटीसँग कुराकानी गर्दै आम जनता पार्टीका उम्मेदवार ज्ञवालीले उपेन्द्र यादव निर्वाचनमा पराजित हुने डरले आठ, दशवटा दल बोकेर आएको र हरेक दलबाट कमान्डर खटाएको टिप्पणी गरेका छन् ।

‘उपेन्द्र यादव  एक्लै चुनाव लड्न आउनु भएको छैन, उहाँ आफै भयभीत भएर ८÷१० वटा दल बोकेर आउनु भएको छ, त्यसमध्ये हरेक दलपिच्छे कमान्डर खटाउनु भएको छ, कांग्रेसबाट अजय चौरासिया, साइकल छापबाट जितेन्द्र सोनल, कलम छाप, माओवादीबाट पनि कोही आउला’ ज्ञवालीले भने । 

गएको मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा बारा २ मा स्वतन्त्र उम्मेदवारी दिएका ज्ञवालीले ७ हजार ७९८  मत प्राप्त गरेका थिए । यस पटक भने उनले आम जनता पार्टीबाट उम्मेदवारी दिएका छन् ।

उम्मेदवार ज्ञवालीले सडकलाई स्तरउन्नति गरेर धुले सडकलाई कालोपत्रे गर्ने, शिक्षाको स्तर उन्नति गरेर गाउँका विद्यालयहरूमा शिक्षाको गुणस्तर बढाउने, स्वास्थ्य सुव्यवस्था राम्रो गर्ने र किसानको खेतमा पानी र समयमा मलखाद पुर्‍याउने आफ्नो चुनावी एजेन्डा रहेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप