सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘गोल मेसिन’ हालान्डको नयाँ कीर्तिमान

बुधबार, २९ चैत २०७९, ०९ : १९
बुधबार, २९ चैत २०७९

म्यानचेस्टर । बायर्न म्युनिखलाई हराउने क्रममा गोल गर्दै अर्लिङ हालान्डले नयाँ कीर्तिमान बनाउन सफल भएका छन् । २२ वर्षीय स्ट्राइकर कुनै पनि सिजनमा सर्वाधिक गोल गर्ने प्रिमियर लिगका खेलाडी बनेका हुन् ।

च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा बायर्नलाई ३–० गोलले हराउने क्रममा नर्वेका खेलाडीले खेलको ७६ औँ मिनेटमा गोल गरेका थिए । सिटीका लागि यो सिजन उनको ४५ औँ गोल थियो । उनले यो उपलब्धि मात्र ३९ औँ खेलमा हासिल गरेका हुन् । कुनै पनि प्रिमियर लिगका खेलाडीले सबै प्रतियोगितामा गरेको गोलका लागि नयाँ कीर्तिमान हो ।

यसअघि रुड भान निस्टलरोयले सन् २००२–०३ सिजनमा र मोहमद शालहाले सन् २०१७–१८ सिजनमा लिभरपुलका लागि एकै सिजनमा ४४ गोल गरेका थिए ।

त्यस्तै, जर्मन च्याम्पियनविरुद्ध सात खेलमा उनको पाँचौँ गोल थियो । बोरुसिया डर्टमण्डमा हुँदा हालन्डले बायर्नविरुद्ध कयौँपटक खेलेपनि यसअघि उनले जीत भने हासिल गर्न सकेका थिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप