सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जोशीको ‘श्रमाटन’ सार्वजनिक

बुधबार, २९ चैत २०७९, ०९ : ५२
बुधबार, २९ चैत २०७९

काठमाडौं । लेखक बीएन जोशीको पुस्तक ‘श्रमाटन’को अंग्रेजी संस्करण काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक भएको छ । सांसद तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, साहित्यकारहरु श्यामल, युयुत्सु शर्मा, आप्रवासी विज्ञ शरु जोशी श्रेष्ठ, अनुवादक अरुण बुढाथोकी लगायतले कृति संयुक्त रूपमा सार्वजनिक गरेका हुन् । 

बेरोजगारी समस्याबारे समेटिएयो पुस्तक गत महिना अन्तर्राष्ट्रिय पुस्तक मेला दिल्लीमा पहिलो पल्ट सार्वजनिक भएको थियो । कार्यक्रममा पुस्तकका सम्पादक तथा कवि युयुत्सु शर्माले बेरोजगारी समस्या दक्षिण एसियामा मात्र नभएर सारा विश्वको समस्या भएको बताए । उनले लाखौं श्रमिकहरूको कथा कृतिमार्फत् सार्वजनिक भएको जनाए । 

साहित्यकार श्यामलले भने, ‘निबन्ध र संस्मरण विधामा संस्मरण बढीजसो झुटको पुलिन्दा हुन्छन् तर यो कृति जीवन्त छ ।’ संसद्मा यो किताबको बारेमा अगाडि राखेर छलफल होस् । सांसद शर्मातिर फर्किएर श्यामलले भने । श्रमाटनका लेखक बीएन जोशीले पुस्तकको पृष्ठभूमिको बारेमा व्याख्या गर्दै २०/२५ वर्ष अगाडिका परिघटनाहरू स्मरण गरे । अहिले आएर कल्पना जस्तो लाग्छ म आफैलाई समेत । तर ती सबै सत्य थिए, उनले भने । 

काँग्रेस महामन्त्री शर्माले वैदेशिक रोजगारीमा जानेको व्यथा अहिले पनि उस्तै रहेको बताए । उनले भने, यस भित्रका सुकुटी, डिना सुलोभा, उड्दा उड्दै उड्यो डेढ लाख लगायतका शीर्षक लेख मैले नेपालीमा दुइ बर्ष अघि नै पढेको रहेछु । जुन स्मरणमै छन् । यो एउटा प्रतिनिधिमूलक कृति हो । 

निराला पब्लिकेशन्स भारतले अंग्रेजीमा ल्याएको यस किताबमा नेपालीले वैदेशिक रोजगारीका क्रममा भोगेका कष्टकर र जोखिमपूर्ण दुःखहरूको फेहरिस्त रहेको छ । प्रकाशकका अनुसार पुस्तक अमेजन, दराज लगायतका अनलाइन पोर्टलका माध्यमबाट समेत संसारभर किन्न पाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप