सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विद्युतीय खोप प्रमाणपत्र कहाँबाट लिने ?

बुधबार, २९ चैत २०७९, १२ : ३८
बुधबार, २९ चैत २०७९

काठमाडौँ । कोरोनाभाइरस विरुद्धको क्यूआर कोड सहितको विद्युतीय खोप प्रमाणपत्र प्रमाणीकरण गराउन धेरै जना अल्मलिने गर्छन् । क्यूआर कोड सहितको विद्युतीय खोप प्रमाणपत्र गराउने बेलामा कुनै प्राविधिक समस्या आएमा  स्थानीय तहमा सम्पर्क गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।

यस्तै, विद्युतीय खोप प्रमाणपत्र प्रमाणीकरण गराउने क्रममा प्रमाणपत्र आउन ढिला भएमा पनि खोप लगाएको स्थानीय तहमै सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ ।

जोन्सन एण्ड जोन्सन खोपको एक मात्रा लगाएपनि प्रमाणीकरण गर्न सकिन्छ । यस्तै अन्य खोप हकमा भने दोस्रो मात्रा लगाएको वा बुष्टर मात्रा खोप लगाएकाहरूले पनि स्थानीय तहको स्वास्थ्य शाखामा सम्पर्क राखी क्यूआर कोड सहितको विद्युतीय खोप प्रमाणपत्र लिन सक्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप