आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अर्थ

मर्जरमा जाने सहकारीलाई काठमाडौँ महानगरपालिकाले २ वर्षको कर छुट दिने

बुधबार, २९ चैत २०७९, १६ : ४६
बुधबार, २९ चैत २०७९

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहकारी संघ–संस्थालाई मर्जरका लागि प्रोत्साहन गर्ने भएको छ । आवश्यकताभन्दा बढी संख्यामा सहकारी संघ-संस्थाहरु खुल्दा जोखिमसँगै क्षमतामा समेत ह्रास आएको निष्कर्ष निकाल्दै महानगरपालिकाले मर्जरमा जाने सहकारी संघ–संस्थालाई प्रोत्साहन गर्ने भएको हो । 

काठमाडौँ महानगरपालिका सहकारी विभागले मर्जरमा जाने सहकारी संघ-संस्थालाई दुई वर्षसम्मको व्यवसायिक आयकर छुट दिने जनाएको छ । महानगरको सहकारी विभागका उपनिर्देशक विमला कोइरालाले एकिकरण (मर्जर) मा जाने सहकारीलाई मर्जर भएको आर्थिक वर्ष र लगत्तै २ वर्षको व्यवसाय कर छुट दिने जानकारी दिइन् ।

सँगै महानगरपालिका भित्रका सहकारीको क्षमता वृद्धि एवम् उत्पादनमा केन्द्रित गर्न महानगरले महिला सहकारीलाई वडामा व्यवसाय दर्ता गर्दा कर छुट दिने व्यवस्था समेत मिलाइएको जानकारी दिइन् । हाल काठमाडौँ महानगरको क्षेत्राधिकारभित्र १९५५ वटा सहकारी संस्थाहरु सञ्चालनमा छन् । जसमध्ये अधिकतम ८३.२७ प्रतिशत अर्थात् १६२८ वटा बचत तथा ऋणको काम गर्ने सहकारी रहेका छन् । 

यस्तै, २६४ वटा बहुउद्देश्यीय सहकारी, १५ वटा कृषि सहकारी, १३ वटा उपभोक्ता सहकारी, ३ वटा सीपमुलक, शिक्षा, सञ्चार, श्रमिक, पर्यटन, साझा, चिया र अन्य ५ वटा सहकारी रहेका छन् ।  झण्डै २ हजारवटा सहकारी महानगरभित्र रहेपनि मुस्किलले १० प्रतिशतले मात्र विषयगत काम गर्ने गरेको तर ९० प्रतिशतले नाम एउटा भएपनि काम भने बचत तथा ऋण सहकारीकै गर्ने गरेको उनले बताइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप