सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आमाको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ

बुधबार, २९ चैत २०७९, १७ : ५९
बुधबार, २९ चैत २०७९

काठमाडौँ । काभ्रेपलञ्चोकमा आमामाथि खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा पनौती नगरपालिका ११ बलथली बस्ने विश्वबन्धु थापा रहेका छन् । उनले बुधवार ९४ वर्षीय आमा कान्छीमाया थापालाई  खुर्पा प्रयोग गरी हत्या गरेको प्रहरी जनाएको छ ।

खुर्पा प्रहारबाट सख्त घाइते भएकी थापाको  बनेपास्थित शिर मेमोरियल अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । 

 उनको शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीको भनाई छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप