मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ऋचा मेमोरियल क्रिकेट : लगातार दोस्रो जित निकाल्दै आर्मी फाइनलमा

बुधबार, २९ चैत २०७९, १९ : २०
बुधबार, २९ चैत २०७९

विराटनगर ।  विभागीय टिम नेपाल आर्मी लगातार दुई पटक जित निकाल्दै प्रथम ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । 

लगातार दोस्रो जित हासिल गर्ने क्रममा आर्मीले अर्को विभागीय टिम एपीएफलाई खराब लाइटिङका कारण खेलको निर्णय डिएलमेथडबाट २३ रनले जित हात पारेको हो । 

दोस्रो जितसँगै आर्मी समूह ‘क’ बाट  ४ अंक बनाउँदै रनरेडको आधरमा फाइनलमा पुगेको छ । एपीएफले दिएको १५९ रनको लक्ष्य आर्मीले १७ ओभरमा ४ विकेट गुमाउँदा १५१ रन बनाउँदा डिएलमेथडको आधारमा २३ रनले जित निकालेको हो । 

जसमा आर्मीका रमेश भट्टले २९ बलमा ४१ रन बनाए । उनले ५ चौका १ छक्का हिर्काए । सन्दिप रिजालीले १५ बलमा ११ रन बनाए । राजेश पुलामीले २६ बलमा अविजित ४९ रन बनाए ।  उनले ६ छक्का  र १ चौका हिर्काए । उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए । दिनेश भण्डारीले अविजित २१ बलमा २६ रन बनाए । एक छक्का र ४ चौका हिर्काए । 

बलिङमा एपीएफका तिलोक महराले २ आभेरमा २० रन खर्चेर २ विकेट लिए । कृष्ण कार्कीले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए । अमरसिंह रौटेलाले ४ ओभरमा ३० रन दिएर १ विकेट लिए । 

यसअघि एपीएफले निर्धारित २० ओभरमा ५ विकेट गुमाइ १५८ रन बनाएको थियो । प्रदिप एरिले ४१ बलमा १ छक्का र ६ चौका हिकाउँदै ४३ रन बनाए । अमरसिंह रौटेलाले २३ बलमा अविजित ४२ रनको योगदान दिए । उनले २ छक्का र ५ चौक हिर्काए । अरुण एरिले १६ बलमा २३ रन बनाए । २ छक्का र १ चौका हाने । पूरुण विकेले अविजित १३ बलमा १४ रन बनाउँदा सरप भेस्पकरले ११ रनको योगदान दिए । 

बलिङमा आर्मीका सुमित श्रेष्ठले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । हरि चौहानले ४ ओभरमा ४५ रन दिएर १ विकेट लिए । 

बिहीबारबाट समूह ‘बी’बाटे लिकको आधारमा खेल हुनेछ ।  पहिलो खेल दिल्ली युनिाईटेड र बिभागीय टिम नेपाल पुलिस बिच हुनेछ । सोही दिन दोस्रो खेल एनबी ग्रुप धनगढी र एनएनबीएससी विराटनगरबीच हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप