आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मन्त्री राजभण्डारीको घरमा तोडफोड प्रयास गर्नेहरुको पहिचान

बुधबार, २९ चैत २०७९, २१ : ५१
बुधबार, २९ चैत २०७९

काठमाडौं । कोशी प्रदेशका मन्त्री बुद्धिकुमार राजभण्डारीको पेप्सीकोला स्थित घरमा गएर तोडफोड गर्न खोज्नेहरुबारे प्रहरीले अनुुसन्धान गरिरहेको छ । बुधवार दिउँसो प्रदेशका सामाजिक विकाश मन्त्री राजभण्डारीको घरमा गएर नाराबाजी र तोडफोड गर्न खोज्नेहरुको पहिचान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रदेश–१ लाई कोशी प्रदेश नामांकरण गरेको विरोधमा पेप्सीकोलामा भेला भएका करिब एक दर्जन मानिसहरुले मन्त्री राजभण्डारीबिरुद्ध नारबाजी गर्दै घरमा तोडफोड गर्ने प्रयास गरेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले भने– ‘तोडफोड प्रयास गर्नेहरुको पहिचान गरेका छौं, छिट्टै कानुनी दायरामा ल्याउँछौं ।’ घटनामा संलग्नहरुलाई प्रहरीले खोजी गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप