महासङ्घको वस्तुगत उपाध्यक्षमा उमेशलाल समूहको इन्ट्री, ६१ मतसहित हेमराज ढकाल विजयी
बिहीबार, ३० चैत २०७९, ०५ : २६
काठमाडौँ । उद्योग वाणिज्य महासङ्घको वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् । उमेशलाल समूहबाट चुनाव लडेका उनी ६१ मतसहित निर्वाचित भएका हुन् ।
ढकाल पूर्व अध्यक्ष चन्डीराज ढकालका भाइ समेत हुन् । कुल खसेको १२३ मतमध्ये ढकालले ६१ मत पाए ।
यस्तै अञ्जन श्रेष्ठ समूहका मनिषलाल प्रधानले ५३ मत पाएका छन्। यस्तै रामचन्द्र संघई समूहका सकुन्तलाल हिराचनले ७ मत पाएका छन्।