सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

धनुषामा विद्युत् चुहावट गर्ने पाँच जना पक्राउ

बिहीबार, ३० चैत २०७९, १० : ३२
बिहीबार, ३० चैत २०७९

जनकपुरधाम । धनुषामा विद्युत् चुहावट गर्ने पाँच जनालाई पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालय र विद्युत् वितरण शाखा कार्यालय यदुकुवाबाट खटेको संयुक्त टोलीले पाँच जनालाई पक्राउ गरेको हा । उनीहरूलाई आज बिहान करिब ५ः४० बजेको समयमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरी र विद्युत् वितरण शाखाका टोलीले हंसपुर नगरपालिका र जनकनन्दनी गाउँपालिका अन्तर्गतका मानिसहरूलाई विद्युत् चुहावट गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ गरिएका उनीहरू थप अनुसन्धानका लागि प्रहरीको नियन्त्रणमा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप