सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
उद्योग वाणिज्य महासङ्घ चुनाव

वरिष्ठ उपाध्यक्षको मतगणना : एसोसिएटतर्फ रामचन्द्र संघईलाई धेरै मतभार

बिहीबार, ३० चैत २०७९, १० : ५०
बिहीबार, ३० चैत २०७९

काठमाडौँ । उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा खसेको एसोसिएटतर्फको मगणना सकिएको छ । हिँजो साँझ ६ बजे सम्पन्न निर्वाचनको मतगणनामा एसोसिएटतर्फको नतिजा आएको हो ।

एसोसिएटतर्फको मतगणना सकिँदा रामचन्द्र संघईलाई धेरै मतभार आएको छ । कुल मतमा ३० प्रतिशत मतभार रहने एसोसिएटतर्फबाट संघईले ११.४ प्रतिशत मत ल्याएका छन् । 

यस्तै, अन्जान श्रेष्ठले १०.७ प्रतिशत मत ल्याएका छन् भने उमेशलाल श्रेष्ठले ७.९ प्रतिशत मत ल्याएका छन् । अब वस्तुगत र जिल्ला नगरतर्फको मगगणना हुन बाँकी छ ।

जिल्लानगरको मतभार ५० प्रतिशत र वस्तुगतको २० प्रतिशत मतभार रहन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप