सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
उद्योग वाणिज्य महासङ्घ चुनाव

वरिष्ठ उपाध्यक्षको मतगणना : जिल्लानगरमा अन्जानलाई धेरै मतभार

बिहीबार, ३० चैत २०७९, ११ : १६
बिहीबार, ३० चैत २०७९

काठमाडौँ । उद्योग वाणिज्य महासङ्घको चुनावमा जिल्लानगरतर्फ अन्जान श्रेष्ठले धेरै मतभार प्राप्त भएको छ । जिल्लानगरको ११७ भोट गन्दा अन्जानले ४७ मत पाएका हुन् । उनलाई रामचन्द्र संघईले पछ्याएका छन् ।  संघइले ३९ मत ल्याएर अन्जानलाई पछ्याउँदा उमेशलाल श्रेष्ठले जम्मा २८ मत पाएका छन् । महासङ्घको चुनावमा जिल्लानगरको मतभार ५० प्रतिशत हुन्छ । 

एसोसिएटतर्फ रामचन्द्र धेरै मतभार

उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा खसेको एसोसिएटतर्फको मगणना सकिएको छ । हिँजो साझ ६ बजे सम्पन्न मतगणनाको एसोसिएटतर्फको नतिजा आएको हो ।  एसोसिएटतर्फको मतगणना सकिदा राम्चन्द्र संघईको धेरै मतभार आएको छ । कुल मतमा ३० प्रतिशत मतभार रहने एसोसिएटतर्फबाट संघईले ११.४ प्रतिशत मत ल्याएका छन् । 

यस्तै अन्जान श्रेष्ठले १०.७ प्रतिशत मत ल्याएका छन् भने उमेशलाल श्रेष्ठले ७.९ प्रतिशत मत ल्याएका छन् । अब वस्तुगत र जिल्लानगरतर्फको मगगणना हुन बाँकी छ । जिल्लानगरको मतभार ५० प्रतिशत र वस्तुगतको २० प्रतिशत मतभार रहन्छ । अहिले वस्तुगततर्फको मत गणना भैरहेको छ । वस्तुगततर्फको मतभार २० प्रतिशत हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप