मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सुनचाँदीकाे मूल्य स्थिर

बिहीबार, ३० चैत २०७९, १२ : १२
बिहीबार, ३० चैत २०७९

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदी मूल्य स्थिर छ । यसअघि सुन तोलाको एक हजार रुपैयाँले बढेको सुनको कारोबार स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार २५० रुपैयाँ निर्धारण भएको छ ।  यसअघि बुधबार सुनको करोबार सोही मूल्यमा किनबेच भएको थियो ।  बिहीबार चाँदीको भाउ पनि स्थिर रहेको छ ।

चाँदी तोलाको १४ सय ५० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको कारोबार सोही मूल्यमा  भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप