आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
उद्योग वाणिज्य महासङ्घ चुनाव

दोस्रो चरणको मतदान : सहज स्थितिमा अन्जान, संघईको समर्थन पाए झनै बलियो

बिहीबार, ३० चैत २०७९, १४ : २०
बिहीबार, ३० चैत २०७९

काठमाडौँ । उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा हुने दोस्रो चरणको मतदानमा अन्जान श्रेष्ठ सहज स्थितिमा देखिएका छन् । आज दिउँसो सकिएको मतगणनाबाट आएको मतपरिणामले अन्जानलाई सहज स्थितिमा देखाएको हो ।

अन्जान श्रेष्ठले ल्याएको मतभार हेर्दा दिउँसो सुरु हुने महासंघको वरिष्ठ उपाध्यक्षको चुनावमा अन्जान नै सहज स्थितिमा देखिन्छन् ।

वरिष्ठ उपाध्यक्षका तीन उम्मेदवारमध्ये तेश्रो स्थानका संघई बाहिरिँदा अन्जान र उमेशबीच दोस्रो चरणको भिडन्त हुनेछ ।

हिजो साँझ ६ बजे सम्पन्न पहिलो चरणको मतदानमा अन्जानले ३७.९९ प्रतिशत मत ल्याएका छन् । जबकी, उनका निकतम प्रतिस्पर्धी उमेशलाल श्रेष्ठले ३१.५१ प्रतिशत र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत ल्याएका थिए ।

यो मतभारलाई विश्लेषण गर्दा समेत अन्जान श्रेष्ठ बलियो स्थितिमा पुगेका हुन् । पहिलो चरणको मतदानबाट आएको मतभारअनुसार संघईले पाएको ३० प्रतिशत मत बाडिँए पनि अन्जानको जित निश्चित देखिएको छ । यतिबेला अन्जान र उमेश दुवै संघईको मत तान्न प्रयत्नरत छन् । 

पहिलो चरणको मतभार हेर्दा अन्जानले जिल्लानगरमा सबैभन्दा धेरै मत ल्याएको छ । उनले कुल ५० प्रतिशत मतभार रहेको जिल्लानगरतर्फ २० प्रतिशतभन्दा धेरै मतभार ल्याएका छन् । जबकी, उमेशलाल श्रेष्ठले १२ प्रतिशत मतभार पाएका छन् ।

यसैगरी, एसोसिएटतर्फ पहिलो चरणको मतदानमा अन्जानले १०.६६ प्रतिशत मतभार पाउँदा उमेशले जम्मा ७.९२ प्रतिशत मतभार ल्याएका थिए ।

वस्तुगततर्फ भने उमेशलाल श्रेष्ठ समूह बलियो देखिएको छ । यो समूहले ११.३१ प्रतिशत मतभार पाउँदा अन्जान श्रेष्ठ समूहले ६.७२ प्रतिशत मतभार हासिल गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप