आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नाट्टाले चीनमा सेल्स मिसन चलाउने

बिहीबार, ३० चैत २०७९, १४ : २३
बिहीबार, ३० चैत २०७९

काठमाडौँ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नियमित रुपमा आयोजना गर्दै आई रहेको चाइना सेल्स मिसन पुनः सञ्चालन गर्ने भएको छ । 

नाट्टाले कोभिड–१९ पछि पुनः नेपाल पर्यटन बोर्ड र नेपाल राजदूतावास बेइजिङ्गको सहकार्य एवं समन्वयमा २०२३ अप्रिल१४ देखि २१ सम्म चीनका तीन प्रमुख व्यावसायिक सहरहरू चेङदु, खुमिङ्ग र बेजिङ्गमा यस्तो मिसन चलाउने भएको हो । 

उक्त पर्यटन प्रवर्द्धनात्मक सेल्स मिसनको सम्पूर्ण तयारी पुरा भएको नाट्टाले जनाएको छ । 

यस वर्षको नेपाल चाइना सेल्स मिसनको समन्वय गर्ने संयोजकको जिम्मेवारी नाट्टा उपाध्यक्ष वरुण मेहताले लिएका छन् ।  

संघका उपाध्यक्ष एवं कार्यक्रम संयोजक वरुण मेहताको नेतृत्वमा चीन जान लागेको नेपाली पर्यटन व्यवसायीहरुको प्रवर्द्धन टोलीमा ट्राभल/टुर व्यवसायी, होटेल एवम् ट्रेकिङका गरी कुल ३७ जना सहभागी सम्मिलित छन् । 

यस टोलीले उल्लेखित तीन वटा सहरमा नेपालको पर्यटनबारे प्रस्तुतीकरण गर्नुका साथै सो क्षेत्रको स्थानीय टुर अपरेटरहरुसँग बीटूबी साझेदारीका कार्यक्रमहरु समेत गर्ने कार्यक्रम रहेको छ । स्थानीय सञ्चार माध्यमहरूलाई नेपालका पर्यटकीय आकर्षणबारे जानकारी गराइने कार्यक्रम समेत रहेको आयोजक नाट्टाले जनाएको छ । 

कार्यक्रममा बेइजिङ्गस्थित नेपाली राजदूतावासले पनि नाट्टाको यस प्रवर्द्धन मूलक कार्यक्रममा सहकार्य गर्दै स्थानीय सरकारी निकाय तथा पर्यटन संघ–संस्थाहरुको विशेष भेला आयोजना गरेर नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम– २०२३ गर्ने भएको समेत आयोजक नाट्टाले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप