सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नर्भिक अस्पतालले विशेष छुट दिने

बिहीबार, ३० चैत २०७९, १५ : ११
बिहीबार, ३० चैत २०७९

काठमाडौँ । नर्भिक इन्टरनेशनल अस्पतालले विशेष छुट दिने भएको छ । आफ्नो ३० औं वार्षिकोत्सवको अवसरमा अस्पतालले विशेष छुट दिने लागेको हो ।  

अस्पतालले सबै स्वास्थ्य प्याकेजमा वैशाख १  देखि ८ गतेसम्म एकसाताका लागि ३० प्रतिशत छुट दिने भएको हो । 

तर, अस्पतालले केही सेवामा एक महिनासम्म छुट दिने जनाएको छ । अस्पतालका अनुसार केही सेवामा एक महिनासम्म ३० प्रतिशत छुट दिने भएको हो । 

अस्पतालका अनुसार लेजर र हाइड्रा फेसियल, आइभिएफ (फर्टिलिटी प्याकेज) र म्यामोग्राफीमा एक महिनासम्म ३० प्रतिशत छुट दिने जनाएको छ । 

त्यस्तै अस्पतालले वैशाख महिनामा काठमाडौँ र काठमाडौँ बाहिर गरी चार वटा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

यस्तै अस्पतालले गुणस्तरीय र विश्वस्तरीय स्वास्थ्य सेवा दिएको दाबी गरेको छ । अस्पतालका अध्यक्ष राजेन्द्र बहादुर सिंहले नर्भिक उच्च प्रविधि प्रयोगशाला सेवासहित मान्यता प्राप्त तथा मापदण्ड पूरा गर्ने नेपालको पहिलो अस्पताल भएको दाबी गरेका छन् । 

उनले भने, ‘यहाँ क्याथेटराइजेशन स्याब स्थापना गर्ने देशकै पहिलो निजी अस्पताल हो । यहाँ स्तरीय इन्भेसिभ र नन इन्भेसिभ कार्डियाक सुविधा छ ।’

यस्तै, उनले परीक्षण प्रयोगशाला र फोहोर व्यवस्थापन प्रणाली लागू गर्ने पहिलो निजी अस्पताल नर्भिक भएको बताए ।  

   

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप