सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
उद्योग वाणिज्य महासङ्घ चुनाव

वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत निर्णय, अन्जान श्रेष्ठ भावी अध्यक्ष

बिहीबार, ३० चैत २०७९, २३ : ००
बिहीबार, ३० चैत २०७९

काठमाडौँ । उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठ व्याक भएका छन् । यससँगै अन्जान श्रेष्ठ वरिष्ठ उपाध्यक्ष बनेका छन् ।

बिहीबारदेखि अध्यक्ष बनेका चन्द्र ढकालले सर्वसम्मतिका लागि पहल अघि बढाएपछि सहमति भएर उमेश ब्याक भएका हुन् । 

वरिष्ठ उपाध्यक्ष पदका लागि प्यानलसहित ३ जना उम्मेदवार बनेका थिए। तर, हिजो साँझ सम्पन्न पहिलो चरणको चुनावी नतिजा निष्कर्षविहीन बनेको थियो ।

वरिष्ठ उपाध्यक्षका तीन उम्मेदवारमध्ये अन्जान श्रेष्ठले ३७.९९ प्रशिशत, उमेशलाल श्रेष्ठले ३१.५१ प्रतिशत र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत ल्याएका थिए ।

तीन उम्मेदवारमध्ये कसैले पनि पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउन नसक्दा नेउवा महासंघको विधान अनुसार दोस्रो चरणको निर्वाचन हुने भएको थियो । तर, सहमति बनेसँगै आज हुने भनिएको दोस्रो चरणको मतदान भएन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप