आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्व प्रसिद्ध फिल्ली क्याफे नेपालमा

बिहीबार, ३० चैत २०७९, २० : ५४
बिहीबार, ३० चैत २०७९

काठमाडौँ । विश्व प्रसिद्ध फिल्ली क्याफेको शाखा नेपालमा पनि खुलेको छ । बिहीबारबाट काठमाडांैको लाजिम्पाटमा संचालनमा आएको फिल्ली क्याफेको अभिनेता राजेश हमाल लगायतले रिवन काट्टै उद्घाटन गरे ।

एनडी वटी नाइन बिजनेस ग्रुप प्रालिसँंगको सहकार्यमा क्याफे नविन खड्का र ध्रुव रिजालले नेपालमा सुरु गरेका हुन् । आगामी पाँंच वर्ष भित्र नेपालमा २५ वटा नयाँ आउटलेट खोल्ने तयारीसहित क्याफे कोखिएको सञ्चालक ध्रुव रिजाल र नविन खड्काले जानकारी दिए । 

फिल्ली क्याफे गुएई, ओमान, कतार, संयुक्त राज्य अमेरिका, युके, भारत र मौरिससमा विश्वभर एक प्रसिद्ध र प्रिय ब्रान्डको रूपमा स्थापित छ । अब, यो समृद्ध सांस्कृतिक सम्पदा र बढ्दो चिया संस्कृति भएको देश नेपालमा पनि विस्तार भएको हो ।

फिल्ली क्याफेमा चिया अर्गानिक रूपमा उत्पादन गरिन्छ र परम्परागत तरिकामा ताजापनमन साथ बनाइन्छ । जसले चियाका पारखीहरुको लागि भ्रमण गर्नेपर्ने गन्तव्यको रुपमा अभिप्रेरित गर्दछ ।

काठमाडौंमा स्टारबक्स वा कोस्टा कफी जस्ता कुनै पनि अन्तर्राष्ट्रिय चेनहरू छैनन्, जसले फिल्ली क्याफेलाई सहरको रोमाञ्चक गन्तव्यको रुपमा स्थापित गराउने लक्ष्य पनि लिएको छ । चिया तथा हल्का खाजाहरू सेवा प्रदान गर्ने फास्ट फुड क्याफेहरूको बढ्दो संस्कृति पर्यटकहरू र स्थानीयहरूको बीचमा यो विश्वव्यापी चेन बन्नको लागि अग्रसर रूपमा अघि बहिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप