सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

संविधानको कार्यान्वयन र संरक्षणका लागि दलहरुबीच हार्दिकता हुनुपर्छ : सभापति देउवा

शुक्रबार, ०१ वैशाख २०८०, १० : ५६
शुक्रबार, ०१ वैशाख २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको कार्यान्वयन र संरक्षणका लागि सबै राजनीतिक दलहरुबीच हार्दिक एकता कायम हुनुपर्ने बताएका छन् ।

नयाँ वर्ष २०८० को शुभकामना व्यक्त गर्दै उनले यस्तै बताएका हुन् । ‘नेपाली नागरिकको सात दशक भन्दा लामो त्याग, तपस्या र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको कार्यान्वयन र संरक्षणका लागि सबै राजनीतिक दलहरू बीच हार्दिक एकता कायम गर्नुपर्छ,’ देउवाले भनेका छन् ।

लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक र समुन्नत नेपाल निर्माणमा अगाडि बढ्न नयाँ वर्ष २०८० प्रेरणादायी वर्ष बन्ने विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप