आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विभागले गरेन औषधिको मूल्य राजपत्रमा प्रकाशित

शुक्रबार, ०१ वैशाख २०८०, १६ : ०३
शुक्रबार, ०१ वैशाख २०८०

काठमाडौँ । औषधि व्यवस्था विभागले सबै औषधिको मूल्य राजपत्रमा प्रकाशित नगरेको पाइएको छ । 

विभागले ९६ प्रकारका औषधिको मात्रै मूल्य निर्धारण गरेको राजपत्रमा प्रकाशित गरेको पाइएको हो ।

महालेखा परीक्षणको ६० औं वार्षिक प्रतिवेदनमा विभागले यो वर्षमा मात्रै ११७ प्रकारका औषधिको मूल्य निर्धारण गरिएकोमा जम्मा ९६ औषधिको मूल्यमात्र राजपत्रमा प्रकाशित गरेको उल्लेख छ ।

औषधि व्यवस्था विभागले औषधि ऐन, २०३५ को दफा २६ अनुसार औषधिको मूल्य निर्धारण गरी नेपाल राजपत्रमा प्रकाशन गर्नुपर्ने व्यवस्था छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप