आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वसन्तपुरमा नेपाल पर्यटन महोत्सव आयोजना

शुक्रबार, ०१ वैशाख २०८०, १९ : ११
शुक्रबार, ०१ वैशाख २०८०

काठमाडौँ । राजधानीको वसन्तपुरमा नेपाल पर्यटन महोत्सव ‘नेपाल टुरिज्म फेस्टिभल २०२३’ आयोजना गरिएको छ ।

नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनसँगै पर्यटनको नीतिगत बहस र पैरवी गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल पर्यटन प्रवर्द्धन (एनटिपी) मल्टिमिडिया ग्रुपले महोत्सवको आयोजना गरेको हो ।

दुई दिने महोत्सवमा ‘कृषि पर्यटन : माटो, बाटो र दोबाटो’ देखि ‘पर्यटनमा राजनीति : मिसन, भिजन र भिजिट नेपाल’ लगायतका सेसन सञ्चालन भएका छन् । महोत्सवको उद्घाटन सेसन ‘पर्यटन प्रवचन’ पर्यटन व्यवसायी कर्ण शाक्यले गरे ।

यस्तै माटो, बाटो र दोबाटो, व्यावसायिक पर्यटन, रहर शहर, सम्पदा पर्यटन, पर्यटन प्रवर्द्धन र पूर्वाधार विकास र पर्यटनमा जलवायु परिवर्तनको असर शीर्षकका सेसनहरु सञ्चालन भएका छन् ।

नयाँ सिराबाट पर्यटन प्रवर्द्धन गर्नुका साथै पर्यटनको नीतिगत बहस तथा छलफल चलाउने उद्देश्यले महोत्सव आयोजना गरिएको एनटिपीका अध्यक्ष विष्णुबहादुर विश्वकर्माले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप