मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ऋचा मेमोरियल क्रिकेट : एनबीएससी र नेपाल पुलिसको लगातार दोस्रो जित

शुक्रबार, ०१ वैशाख २०८०, २० : १६
शुक्रबार, ०१ वैशाख २०८०

विराटनगर । घरेलु टिम एनबीएससी विराटनगर र विभागीय टिम नेपाल पुलिस प्रथम ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगितामा लागातार दोस्रो जित हात पारेको छ । 

एनबीएससीले पाहुना टिम दिल्ली युनाईटेडलाई ३२ रनले र नेपाल पुलिसले सुदूरपश्चिमको एनबी ग्रुपलाई ६ विकेटले निराश बनाउँदै सानदार जित हात पारेको हो । 

दिल्ली र सुदूरपश्चिमको लगातार यो दोस्रो हार हो ।

अब फाइनल यात्राको लागि शनिबार नेपाल पुलिस र एनबीएससीबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ख’ बाट पुलिस र एनबीएससीबीच बिजेता हुने टिमले समूह ‘क’ बाट यसअघि फाइनलमा पुगेको नेपाल आर्मीसँग  उपाधिको लागि भिड्नेछ । 

विराटनगर जुट मिलको खेलमैदानमा शुक्रबार भएको पहिलो खेलमा १३० रनको लक्ष्य पछ्याएको दिल्लीले १७.२ बलमा सबै विकेट गुमाई ९७ रनमा सीमित भयो । मनिष मिश्रले  १७ बलमा १७ रन बनाए । शक्ति केडीले  १५ बलमा १४ रन पारी खेल्दा अंकितले १२ रनको योगदान दिए ।

एनबीएससीका मेहाङ्गको घातक बलिङसामु दिल्लीका खेलाडी क्रिजमा टिक्न सकेनन् । उनले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । उनी प्लेयर अफ द म्याच भए । आयरले ३.२ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । प्रशान्त कुमार, राहुल चौधरी र विधान गोस्वामीले समान १–१ विकेट लिए । 

यसअघि ब्याटिङ गरेको एनबीएससीले १६.३ बलमा सबै विकेट गुमाई १२९ रनको मध्यम योगफल खडा गरेको थियो । जसमा एनबीएससीका रवि शर्माले २३ बलमा ५ चौका हिर्काउँदै २५ रनको योगदान दिए । विधान गोस्वामीले ७ बलमा २ छक्का र २ चौका हिर्काउँदै २० रन पारी खेल्दा इमरानले ७ बलमा २ छक्का र १ चौका हिकाउँदै १७ रन जोडे । सुमन गतराजले  १८ बलमा १९ रन बनाउँदा सतिश कुमारले १३ बलमा १६ रनको योगदान दिए । 

दिल्लीका लक्की हितेसले ३.३ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । प्रदिप कुमारले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । मनिष मिश्र र अंकित गोस्वामीले समान १–१ विकेट लिए । 

सोही दिन भएको दोस्रो खेलमा १३० रनको विजय लक्ष्य पछ्याएको नेपाल पुलिससले १६ ओभरमा ४ विकेट गुमाई पुरो गर्‍यो । पुलिसको जितमा दिलिप नाथले विस्पोट ब्याटिङ गरे । उनले ३६ बलमा ८ छक्का २ चौका हिर्काउँदै अविजित ७५ रनको अर्धशतकीय ईनीङ खेले । उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए । योगेन्द्र कार्कीले २६ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै ४८ रनको योगदान दिए । शंकर रानाले १८ बलमा ३ छक्का र ३ चौका हिर्काउँदै ३५ रन बनाए । अमित श्रेष्ठले १४ बलमा २ छक्का र २ चौका हिर्काउँदै १४ रनको योगदान दिए । 

बलिङमा सुदूरपश्चिमका हेमन्त धामीले ३ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । कौशल राजपूत र दिपक भट्टले समान १–१ विकेट लिए । 

यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १२९ रनमा समेटियो । दिपक बोहराले ३८ बलमा ६५ रनको अर्धशतकीय इङनीङ खेले । उनले २ छक्का र ९ चौकका प्रहार गरे । उत्तम थापा मगरले ३१ बलमा ५१ रनको अर्धशतकीय इङनिङ बनाए । उनले ३ छक्का र ५ चौकका हिर्काए । दिपक भट्टले २४ बलमा ५ छक्का र २ चौका हिर्काउँदै ४४ पारी खेल्दा सुदूरपश्चिकका अरु ब्याटरले दोहोरो अंक छुन सकेनन् । 

बलिङमा पुलिसका योगेन्द्र सिंह कार्कीले ४ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिए । रसिद खानले ४ ओरभर मा ३१ रन खर्चेर २ विकेट लिए । मन्जिल श्रेष्ठले १ विकेट लिए ।

शनिबारको पहिलो खेल दिल्ली युनाईटेड र सुदूरपश्चिमबीच हुनेछ । सोही दिन हुने दोस्रो खेल पुलिस र एनबीएससीबीच हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप