सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जग्गा बैना गर्ने नाममा लुटपाट, ४ जना पक्राउ

शुक्रबार, ०१ वैशाख २०८०, २० : ५०
शुक्रबार, ०१ वैशाख २०८०

काठमाडौँ । जग्गा बैना गर्ने नाममा लुटपाट गरी भाग्ने चार जना पक्राउ परेका छन् । 

बिहीबार झापाको बिर्तामोडबाट लुटपाट गरेर भागेका उनीहरुलाई प्रहरीले शुक्रबार इलामबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार बिर्तामोड बसपार्क नजिकै दुई कट्टा जग्गा किन्नका लागि मोरङको उर्लाबारीबाट आएका विष्णुमाया सापकोटा (सुवेदी) र अनिल विश्वकर्माको ३२ लाख रुपैयाँ लुटेर जग्गा कारोबारी फरार भएका थिए ।

सस्तोमा जग्गा पाइएको छ आजै बैना गर्न आउनु भनेर उनीहरूलाई बोलाई ३२ लाख रुपैयाँ चार जना इलाम भागेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र  प्रसाद रिजालले जानकारी दिए । 

रिजालका अनुसार जग्गा बैना गर्ने नाममा रकम लुटपाट गर्नेमा झापाको कमल गाउँपालिका-५ बस्ने विजय राई, बेलबारी नगरपालिका-६ घर भई झापाको मेचीनगर नगरपालिका-६ बस्ने ५५ वर्षीय रणबहादुर पोख्रेल, काठमाडौँका राजेश श्रेष्ठ र जनक रेग्मी रहेका छन् । 

चार जनाले पूर्वनिर्धारित योजनाअनुसार जग्गा खरिदकर्ता विष्णुमायाको ३२ लाख लुटेर फरार भएका प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप