मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एकदिवसीय अभ्यास खेल : नेपाल र ओमानबीच आज प्रतिस्पर्धा हुँदै

शनिबार, ०२ वैशाख २०८०, ०७ : १९
शनिबार, ०२ वैशाख २०८०

काठमाडौँ । नेपालले शनिबार एकदिवसीय अभ्यास खेलमा ओमानसँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान हुने खेल ५०र५० ओभरको हुनेछ । नेपालले एसीसी प्रिमियर कपअघि ओमानसँग अभ्यास खेल खेल्न लागेको हो । 

आज हुने यो खेलले कुनै पनि अन्तर्राष्ट्रिय मान्यता पाउने छैन । नेपालको कप्तानी रोहित पौडेल र ओमानको जिशान मकसुदले गर्नेछन् । नेपालले आफ्नो अन्तिम १४ सदस्य टोली घोषणा गरेको छैन । 

आईसीसी विश्वकप लिग २ मा ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेका थिए ।

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप