सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतको महाराष्ट्रमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

शनिबार, ०२ वैशाख २०८०, ०९ : ४६
शनिबार, ०२ वैशाख २०८०

काठमाडौँ । भारतको महाराष्ट्रमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महाराष्ट्रको रायगढको खोपोली क्षेत्रमा बस खाल्डोमा खस्दा १० जनाको मृत्यु भएको र २५ जनालाई जीवितै उद्धार गरिएको खोपोली प्रहरी चौकीले जनाएको छ । 

पुणेबाट करिब ४० जना यात्रु बोकेर मुम्बईतर्फ आउँदै गरेको बस शनिबार बिहान दुर्घटनामा परेको हो ।घाइतेहरूको खोपोली ग्रामीण अस्पतालमा उपचार भइरहेको छ । 

उपचारका लागि निजी अस्पतालका चिकित्सकलाई पनि सहयोगका लागि बोलाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप