सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पत्नीले सम्बन्धविच्छेद गर्दै आधा सम्पत्ति मागिन्, तर हाकिमीको अधिकांश सम्पत्ति आमाको नाममा

शनिबार, ०२ वैशाख २०८०, १० : ३१
शनिबार, ०२ वैशाख २०८०

पेरिस । पेरिस सेन्ट जर्मेनका डिफेन्डर अचरफ हाकिमीमाथि एक युवतीले बलात्कारको आरोप लगाएपछि पत्नी हिबा अबुकले सम्बन्धविच्छेदको याचिका दायर गरेकी छिन् । नायिका आफ्नो बच्चाहरूसँग बाहिर भएको बेला हाकिमीले यौन दुर्व्यवहार गरेको ती युवतीले आरोप लगाएकी थिइन् ।

फ्रेन्च पत्रिका फर्स्ट म्यागका अनुसार हिबाले सम्बन्धविच्छेदको याचिकामा हाकिमीको आधार सम्पत्ति माग गरेकी थिइन् । तर, हाकिमीको नाममा केही पनि सम्पत्ति नभएको पाएपछि उनी आश्चर्यचकित बनिन् । यस प्रकरणमा हाकिमीको सम्पत्ति र तलब उनको आमाको नाममा रहेको खुलेको हो ।

हाकिमीको २.४ करोडको डलर बराबरको कूल सम्पत्ति रहेको छ । तर, यसको ८० प्रतिशत उनको आमाको नाममा रहेको स्पेनिस पत्रिका मार्काले जनाएको छ । सम्बन्धविच्छेद हुँदा हाकिमीले अबुकलाई कम्तिमा ८५ लाख डलर दिनुपर्ने थियो । तर, उनको नाममा सम्पत्ति नै नभएका कारण उनले त्यति धेरै रकम नतिर्नुपर्ने देखिएको हो ।

हाकिमीले पीएसजीमा हाल मासिक १० लाख डलर कमाउँछन् । तर, उनले यसको २० प्रतिशत मात्र आफ्नो नाममा राख्छन् । हप्ताको २ लाख १५ हजार डलरको तलबको अधिकांश हिस्सा सिधै उनको आमाको खातामा जान्छ । उनी अफ्रिकाबाट सबैभन्दा धेरै कमाउने खेलाडीको सूचीमा छैटौँ स्थानमा रहेका छन् । 

यता, हाकिमीकी पत्नी अबुकको आर्थिक स्थिति पनि त्यति खराब भने छैन । उनको पनि २० लाख डलर बराबरको सम्पत्ति रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप