सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बेसारसँग कागती सेवन गर्नुका फाइदै फाइदा

शनिबार, ०२ वैशाख २०८०, १२ : ३९
शनिबार, ०२ वैशाख २०८०

काठमाडौँ । यदि तपाईं स्वस्थ रहन र रोगहरू टाढा राख्न चाहनुहुन्छ भने, बेसारसँग कागती सेवन गर्नु धेरै लाभदायक साबित हुन सक्छ । यी दुवै चीजहरू एन्टि-इन्फ्लेमेटरी, एन्टी-अक्सिडेन्ट र एन्टिबायोटिक जस्ता धेरै फाइदाजनक तत्त्वहरूले भरिपूर्ण हुन्छन्। 

यसमा प्रचुर मात्रामा भिटामिन ई, भिटामिन सी, सोडियम, पोटासियम जस्ता धेरै तत्त्वहरू पाइन्छ । जान्नुहोस् दैनिक कागतीसँग बेसार खानुका फाइदा :
मुटुलाई स्वस्थ राख्छ : यदि तपाईं मुटुको स्वास्थ्यलाई स्वस्थ राख्न चाहनुहुन्छ भने बेसारसँग कागती सेवन गर्नु निकै फाइदाजनक हुन्छ । यो दैनिक सेवन गर्नाले मुटुको अवरोधको समस्या हट्छ ।

तौल नियन्त्रण गर्छ : तपाईं दैनिक कागती पानीमा एक चम्चा बेसार मिसाएर सेवन गर्न सक्नुहुन्छ । यसले शरीरलाई धेरै फाइदा पुर्‍याउँछ र  तौल नियन्त्रण गर्न मद्दत गर्छ ।  थप फाइदा चाहनुहुन्छ भने त्यसमा मह मिसाएर दिनहुँ कागती, मह र बेसार खानुहोस् ।

तनाव कम गर्छ : बेसार र कागतीको दैनिक सेवनले मानसिक तनाव हट्छ भने शरीरसँग सम्बन्धित धेरै समस्याहरू हटाउन पनि प्रभावकारी हुन्छ ।

प्रतिरोधात्मक क्षमता बढाउँछ : यदि तपाईं प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन र रोग प्रतिरोधात्मक क्षमतासँग सम्बन्धित समस्याहरू हटाउन चाहनुहुन्छ भने पनि दैनिक कागतीसँग बेसारको सेवन गर्न सक्नुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप