आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
वर्ष २०७९ फर्केर हेर्दा

२०७९ मा सौन्दर्य प्रतियोगिताको बाढी : मिस नेपालदेखि ‘किड क्वीन’ सम्म ३ दर्जन कार्यक्रम

शनिबार, ०२ वैशाख २०८०, १५ : ०८
शनिबार, ०२ वैशाख २०८०

काठमाडौंँ । वर्ष २०७९ सौन्दर्य प्रतियोगिताको लागि उत्साहजनक रह्यो । कोरोनाको कारण २०७८ मा रोकिएकादेखि नयाँ समेत गरेर यो वर्ष थुप्रै सौन्दर्य प्रतियोगिता आयोजना भए । जसबाट थुप्रै युवा युवतीदेखि आमा सुन्दरीसम्म छानिए । सौन्दर्य प्रतियोगिता अन्तर्गत देशकै सबैभन्दा चर्चित ‘मिस नेपाल’देखि लिएर ‘किड क्वीन’सम्म आयोजना भए ।

मिस नेपाल :

‘मिस नेपाल २०२२’ को ताज प्रियंका रानी जोशीले जितेकी थिइन् । प्रतियोगितामा शरिसा श्रेष्ठ ‘मिस नेपाल अर्थ’ र न्यान्सी खड्का ‘मिस नेपाल इन्टरनेसनल’ चुनिएका थिए । २४ सुन्दरी मिस नेपालको शीर्ष उपाधिको प्रतिस्पर्धामा थिए ।

मिस युनिभर्स :

miss-uni_lUSbNTDq7v

‘मिस युनिभर्स नेपाल २०२२’ को ताज सोफिया भुजेलले हात पारेकी थिइन् । १५ प्रतियोगीलाई पछि पर्दै सोफियाले उपाधि चुमेकी हुन् । उनले प्रतियोगिताबाट १० लाख नगदसहित हिराजडित ताज समेत हात परेकी थिइन् । उमङ्ग क्रिएसन आयोजक रहेको प्रतियोगितामा आस्मा केसी सेकेन्ड रनरअप र विपना फस्ट रनरअप घोषित भएका थिए ।

मिस नेवाः :

मिस नेवाः को १६ औँ संस्करणको ताज सलिना महर्जनले जितेकी छन् । नेप्लिज फेसन होमद्वारा आयोजित प्रतियोगितामा उनले १८ प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि चुकेकी थिइन् । उपाधिको साथमा उनले नगद एकलाख र नेपाल क्योकुसिन सेइसिन काइकान कराँतेको सद्भावना दूतको अवसर समेत प्राप्त गरेकी थिइन् ।

winner_kids_capital_S8WHNYAWTN

‘किड्स क्यापिटल’ :

सौन्दर्य प्रतियोगिता ‘किड्स क्यापिटल–२०२२’ को उपाधि सुनम्रता बज्राचार्य तथा आरोन श्रेष्ठले जितेका थिए । उनीहरूले ११ प्रतियोगीलाई पछि पार्दै शीर्ष उपाधि हात परेका हुन् । प्रतियोगितामा सुनम्रता छात्रा र आरोहण छात्र तर्फको विजेता बनेका थिए ।

‘डिसेबिलिटी क्वीन’ :

‘मिस एण्ड मिसेस् डिसेबिलिटी क्वीन नेपाल २०२२’ को उपाधि छविकुमारी ओली र जेनिशा कडायतले जितेका थिए । छविकुमारी मिसेस् र जेनिशाले ‘मिस’ तर्फको उपाधि जितेका हुन् । ‘ग्रीन आर्टस् मिडिया’ आयोजक रहेको प्रतियोगितामा फस्ट रनर अप’ नीशा क्षेत्री, ‘सेकेन्ड रनर अप’मा धनमाया बुढामगर र ‘थर्ड रनरअप’ मा सुनिता चिमौरिया भएका थिए ।

एसईई सुपर मोडल :

‘मिस्टर एण्ड मिस एसईई सुपर मोडल २०२२’को शीर्ष उपाधि सिद्धार्थ तामाङ र जुना श्रेष्ठले जितेका थिए । एभरेष्ट ईभेन्टसद्वारा आयोजित कार्यक्रममा उनीहरूले उपाधिसँगै ५० हजार रुपैंयाँ, उच्च शिक्षा अध्ययनको लागि छात्रवृत्ति, एभरेष्ट फिल्म एकेडेमीबाट करिब एक लाख बराबरको छात्रवृत्ति, नेपाल एयरहोस्टेस एकेडेमीमार्फत एयरहोस्टेस अध्ययन छात्रवृत्तिसँगै अन्य विभिन्न उपहार समेत प्राप्त गरेका छन् । प्रतियोगितामा कावेल लम्साल र अलिशा वाइबा तामाङ ‘फस्ट रनरअप’ बन्दा विनय राई र आकृति पोखरेल ‘सेकेन्ड रनरअप’ भएका थिए । 

कलेज एसइइ प्रिन्सेज :

aaryani-rawal_eeLZof2KGI

सिजन मिडियाको आयोजना रहेको ‘नामी कलेज एसइइ प्रिन्सेज २०२२’ को ताज अर्यानी रावलले जितेकी थिइन् । प्रतियोगितामा उनले १७ प्रतिस्पर्धीलाईपछि पार्दै ताज पहिरिएकी हुन् । प्रतिष्पर्धामा अभिलासा खत्री फष्ट रनरअप र जेनीरुशा श्रेष्ठ सेकेण्ड रनरअप भएका थिए ।

मिस एसईई स्टार :

भवानी इन्टरटेनमेन्ट तथा ग्रेस इभेन्ट्सको संयुक्त आयोजना रहेको ‘मिस एसईई स्टार २०२२’को उपाधि इस्टपोल स्कुलकी ऋतिका शाहले जितेकी थिइन् । मिस ट्यालेन्ट र बेस्ट ड्रेसको सबटाइटल समेत जितेकी उनको हातमा शीर्ष उपाधिका साथमा विभिन्न गिफ्ट ह्याम्पर समेत परेको थियो ।

mrsmissgurung_9_5VDi1msEgE

मिसेस एण्ड मिस गुरुङ :

एस.के.इन्टरटेनमेन्ट आयोजक रहेको ‘मिसेस एण्ड मिस गुरुङ २०२२’ को उपाधि निलम गुरुङ र ईशा गुरुङले जिते । मिसेस तर्फको निलम र मिस तर्फका उपाधि इशाले हात पारेका हुन् । प्रतियोगितामा फष्ट रनरअप सीमा गुरुङ, सेकेन्ड रनरअप शर्मिला गुरुङ, थर्ड रनरअप पवी गुरुङ चुनिए । 

लिटिल आइडल :

_BS_4073_DTuYLRlohY

प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले संयुक्त आयोजना गरेको ‘लिटिल आइडल २०२२’को उपाधि युरो स्कुल हात्तिगौँडामा कक्षा आठमा अध्ययनरत आयुश्री घिमिरेले जितेकी थिइन् । प्रतियोगितामा आयुसीले शीर्ष उपाधिसहित ३० हजार रुपैयाँ पुरस्कार एवं प्याब्सन काठमाडौँको तर्फबाट एक वर्षको छात्रवृत्ति प्राप्त गरेकी थिइन् ।

मिस नेसन नेपाल :

‘मिस नेसन नेपाल २०२२’ को ताज अनिशा श्रेष्ठले पहिरिएकी छन् । आई डु इभेन्टसले आयोजना गरेको प्रतियोगितामा १४ प्रतियोगीलाई पछि पार्दै उनले ताज लगाएकी हुन् । श्रेष्ठले ताज साथै नगद रु. १ लाख पुरस्कार समेत हात परेकी थिइन् । 

द कलेज एम्बासेडर :

‘द कलेज एम्बासेडर २०२२’को उपाधि अधीश वैद्य र आलिया खानले जितेका थिए । हेराल्ड कलेजका वैद्यले पुरुष तथा द टाइम्स इन्टरनेशनल कलेजकी खानले महिला तर्फको उपाधि चुमेका हुन् । प्रतियोगितामा फष्ट रनरअप सलिना महाराजन (किस्ट कलेज) र नरेश सुनाम (काठमाडौँ स्कुल अफ सेन्ट्रल स्टेट) चुनिदा सेकेन्ड रनरअप मनिषा प्रधान (गोल्डेन गेट) र निरञ्जन पोखरेल (किस्ट कलेज) घोषित भएका थिए । विजेताले उपाधिका साथमा विभिन्न अवसर र गिफ्ट पुरस्कारको रूपमा प्राप्त गरेका थिए ।

किड्डी फेस अफ द इयर इन्टरनेशनल :

छैटौँ संस्करणको ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२२’ मा जुनियर, सिनियर केटा र केटी गरेर एकसाथ ३ विजेता चुनिएका थिए । जसमा जुनियर गल्र्स तर्फको उपाधि प्रियांसी कडेलले जितेकी थिइन् भने सिनियर गर्ल्स  तर्फ सैब्या घिमिरे बिजेता भएका थिए । त्यस्तै जुनियर ब्वाइजतर्फ इसान किरात राई शीर्ष विजेता बनेका थिए । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना रहेको प्रतियोगिताको यो छैटौँ संस्करण हो । 

मिस ग्राण्ड नेपाल :

कस्मो इभेन्ट्स र बोली क्लब ग्रुपको संयुक्त आयोजना रहेको ‘मिस ग्राण्ड नेपाल २०२२’ को ताज ऐश्वर्य श्रेष्ठले पहिरिएकी थिइन् । प्रतियोगितामा १४ जनालाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन् । श्रेष्ठले ताज सहित ६ लाख रुपैयाँ पुरस्कार समेत हात पारेकी छन् । 

miss_tharu_mqu328ksiB

मिस्टर एण्ड मिस थारु :

‘मिस्टर एण्ड मिस थारु २०२२’ को उपाधि बर्दियाका लालबहादुर रत्गैया र अस्मिता चौधरीले जितेका थिए । १६ प्रतिस्पर्धीलाईपछि पार्दै चौधरीले मिस थारुको उपाधि जित्दा १५ प्रतिस्पर्धीलाई पछि पार्दै रत्गैयाले मिस्टर थारुको उपाधि हात पारेका थिए । 

किड्स अफ द इयर इन्टरनेशनल :

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी आयोजक रहेको ‘किड्स अफ द इयर इन्टरनेशनल २०२२’ को उपाधि विलिप मानन्धर, आरध्या विष्ट, शिखा मान्नधरले जितेका थिए । कोटा र केटी सनियर र जुनियर गरेर आयोजित प्रतियोगितामा तीन विजेता छानिएका थिए ।

मिसेस नेपाल कल्चर :

युहान इन्टरनेसनल इभेन्ट्स आयोजक रहेको ‘मिसेस नेपाल कल्चर २०२२’ को उपाधि युमीन खत्रीले जितेकी थिए । ३७ प्रतियोगीलाई पछि पार्दै उनले शीर्ष उपाधि चुकेकी हुन् । प्रतियोगितामा शुभेच्छा ढकाल राणा फष्टरनरअप, ज्योति दीक्षित सेकेन्ड रनरअप, सुस्मिता भण्डारी अधिकारी थर्डरअनर अप भएका थिए ।

नेक्स्ट सुपर मोडल :

‘नेक्स्ट सुपर मोडल २०२२’ को उपाधि रविया नगरकोटी र शैलेस मगरले हात पारेका थिए । ट्यालेण्ट पिक कम्पनीद्वारा आयोजित प्रतियोगितामा उनीहरूले क्रमशः महिला र पुरुष गरी दुई भिन्न विधाको उपाधि हात पारेका हुन् । उनीहरूले पुरस्कार स्वरूप एक–एक लाख रुपैयाँ बराबर सेवा सुविधा प्राप्त गरेका थिए ।

मिस टिन :

miss-teen_lqUFjnOK7h

काठमाडौँकी प्रतीक्षा डंगोलले ‘सेञ्चुरी मिस टिन नेपाल २०२२’ को उपाधि जितेकी थिइन् । उनले मिस टिनको क्राउनसहित नगद ३० हजार समेत हात पारेक िहुन् । 

मिसेस् नेपाल पिस :

hina_gjNh35Dm5i

एमी इन्टरटेन्मेन्टको आयोजना रहेको ‘मिसेस् नेपाल पिस २०२२’ को उपाधि हिना शुक्लाले हात परेकी थिइन् । २० प्रतियोगीलाई पछि पार्दै उनले मिस फोटो जेनिकसहित शीर्ष उपाधि चुमेकी हुन् । 

किड क्वीन नेपाल :

‘किड क्वीन नेपाल २०२२’ को उपाधि रिड मोडल स्कुलको कक्षा ८ मा अध्ययनरत चमतीकी १३ वर्षीया इरिना महर्जनले हात परेकी थिइन् । २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् । प्रतियोगिताको यो वर्ष १८ औँ संस्करण आयोजना भएको थियो ।

मिस ललितपुर :

आर.बी.क्राउन एण्ड मेनेजमेन्टको आयोजना रहेको ‘मिस ललितपुर– २०७९’ को शीर्ष उपाधि रीजा शाक्यले जितेकी थिइन् । प्रतियोगितामा अञ्जिला महर्जनले द्वितीय, अनु लामाले तृतीय तथा निराशा खातीले चौथो स्थान प्राप्त गरेका थिए । 

मिस मंगोल :

‘मिस मंगोल नेपाल २०२२’ को उपाधि सिन्धुपाल्चोककी पासाङ डोल्मा शेर्पाले जितेकी थिइन् । २४ वर्षीया शेर्पाले दोस्रो प्रयासमा मिस ट्यालेन्टसहित शीर्ष उपाधि हात पारेकी हुन् 

मोडल अफ इरा :

होप इन्टरनेशनलको आयोजना रहेको ‘मोडल अझ इरा’को चौथो संस्करण उपाधि निशिका श्रेष्ठ र रोहन थापा मगरले जितेका थिए । दुवैले २५ हजार नगदको अलावा अभिनय तथा फिल्म अध्ययनमा छात्रवृत्ति, विभिन्न मोडलिङहरूमा सम्झौता र फोटो भिडियो पोर्टफोलियो सुटको अवसर प्राप्त गरेका थिए ।

मिस इको :

rakxya-upreti_p0IotOEJYF

‘मिस इको इन्टरनेशनल २०२२’ को उपाधि रक्षा उप्रेतीले जितेकी थिइन् । ग्रीन आर्ट मिडिया आयोजक रहेको प्रतियोगिताको उपाधिका साथ उप्रेतीले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२३’ मा सहभागी अवसर समेत पाएकी छन् । 

किड्स प्लानेट इन्टरनेशनल :

‘किड्स प्लानेट इन्टरनेशनल २०२३’ मा जुनियर र सिनियर गरेर एकसाथ ४ विजेता छानिएका हुन् । प्रतियोगितामा रिदम दाहालले जुनियर केटा इप्सु दाहाल जुनियर केटी र रिनभराज केसी सिनियर केटा योहाना मानन्धर सिनियर केटीतर्फ विजेता बने । प्रतियोगिता रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना रहेको थियो ।

मिस ई–कलेज :

miss-ecollage2_8PQu0nEpyU

‘मिस ई–कलेज २०२३’को दशौँ संस्करणको उपाधि भक्तपुर निष्ट कलेजमा अध्ययनरत १७ वर्षीय अदिति श्रेष्ठले जितेकी छन् । सिजन मिडियाद्वारा आयोजित प्रतियोगीमा उनले १२ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेकी हुन् । 

मिलिनियम किड्स इन्टरनेशनल :

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी आयोजक रहेको ‘मिलिनियम किड्स इन्टरनेशनल २०२३’ मा एकसाथ ४ विजेता छानिएका थिए । जसमा श्लोक अधिकारी, हर्ष शेखर शर्मा, अन्वेषा कालिकोटी, रिहाना महर्जन विजेता भएका थिए ।

मिस लिम्बू :

‘सम्मान मिस लिम्बू’ को उपाधि भिनुमा पाहिम लिम्बूले जितेकी थिइन् । १७ प्रतिस्पर्धीलाई पछि पार्दै तेह्रथुम खाम्लालुङकी लिम्बुले शीर्ष उपाधि चुमेकी हुन् । ‘बौद्धिक विकास र सौन्दर्य, पहिचान र संस्कृति’ भन्ने नारा प्रतियोगिताको रहेको थियो ।

मोडल हन्ट नेपाल :

model-hunt_JJQYtYEdtu

नेक्स्ट मोडल्स नेपाल आयोजक रहेको ‘मोडल हन्ट नेपाल २०२२’ को उपाधि मोनिका अधिकारी र विवेक खड्गीले चुमेका थिए । २६ प्रतियोगीलाई पछि पार्दै अधिकारी महिला र २४ प्रतियोगीलाई पछि पार्दै खड्गी पुरुष तर्फको विजेता बनेका थिए । दुवैले उपाधिका साथमा नगद ५ लाख बराबरको उपहार जित्न सफल भए ।

मिस लिटील नेवाः :

‘मिस लिटील नेवा : २०२३ (११४३)’ को उपाधि सुज्योति डंगोलले जितेकी थिइन् । नेप्लिज फेसन होम आयोजक रहेको प्रतियोगितामा डंगोलले उपाधिका साथमा २५ हजार नगद समेत प्राप्त गरेकी छन् ।

प्रतियोगितामा सफिना श्रेष्ठ फस्टरनरअप र ग्रीष्मा राजचल सेकेन्ड रनर्सअप भएका थिए । 

beautician talen nepal 2023 winner news  (1)

ब्युटिसियन ट्यालेन्ट नेपाल :

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रालिको आयोजना रहेको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२३’ को उपाधि विराटनगरकी मनिषा श्रेष्ठले जितेकी थिइन् । १८ प्रतिस्पर्धीलाईपछि पार्दै ट्यालेन्ट ब्युटिसियन सहित शीर्ष उपाधि उनले चुमेकी हुन् । प्रतियोगितामा मनिषाले ५० हजार रुपैयाँ, नेशनल अस्पताल र चिरायु टेन्टल केयरको स्वास्थ्य सेवा, आईआईएफटीमा मेकअप आर्टिस्टको रूपमा रोजगारी, म्युजिक भिडियोमा काम गर्ने अवसर, विभिन्न उपहार समेत हात परेकी थिइन् ।

मिष्टर नेपाल :

नेक्स्ट मोडल्स नेपाल आयोजक रहेको ‘मिष्टर नेपाल वर्ल्ड–२०२२’ को उपाधि मोरङका नूतन श्रेष्ठले जितेका थिए । २६ वर्षीय श्रेष्ठले उपाधिका साथ नगद पाँच लाख समेत हात पारेका थिए । प्रतियोगितामा २३ वर्षीय अभिषेक चुँडाल फस्ट रनर्स अप, २९ वर्षीय एलिस गिरी सेकेन्ड रनर्स अप भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप