मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्रथम ऋचा मेमोरियल टी–२० क्रिकेट : उपाधि लागि आर्मी र एनबीएससी भिड्ने

शनिबार, ०२ वैशाख २०८०, २० : ०८
शनिबार, ०२ वैशाख २०८०

विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा घरेलु टिम एनबीएससी फाइनलमा पुगेको छ । विभागीय टिम नेपाल पुलिसलाई ४ रनले स्तब्ध पार्दै एनबीएससी फाइनलमा पुगेको हो ।

एनबीएससीले लगातार तेस्रो जित निकाल्दै सुमह ‘ख’ मा ६ अंकसहित शीर्षस्थानमा रहेको छ । आइतबार हुने फाइनलमा उपाधिको लागि विभागीय टिम नेपाल आर्मीसँग भिड्नेछ । आर्मी समूह ‘क’ बाट तीन टिमलाई जित्दै फाइनलमा पुगेको हो । 

शनिबार अन्तिम लिग खेलमा घरेलु टिम एनबीएससी भाग्यमानी बन्यो । एनबीएससीले दिएको १९१ रनको लक्ष्य पछ्याएको पुलिसले निर्धारित २० ओभरमा ९ विकेट गुमाइ १८७ रनमा समेटियो । पुलिसका सुनिल धमलाले ३७ बलमा ३ छक्का, ३ चौका हिर्काउँदै ४५ रन बनाए । अमित श्रेष्ठले २० बलमा २ छक्का र ५ चौका प्रहार गर्दै ३३ रन पारी खेल्दा दिलीप नाथले २१ रन र शंकर रानाले २० रनको योगदान दिए । दिलीपले ९ बलमा ६ छक्का र २ चौका हिर्काए भने शंकरले १३ बलमा १ छक्का  र २ चौका प्रहार गरे । प्रेम तामाङ्गले १५ बलमा २ छक्का र २ चौका हान्दै अविजित २७ रन पारी खेल्दा रोशनले १५ रनको योगदान दिए । पुलिसका अरू ब्याटरले दोहोरो अंक छुन नसक्दा लिगको अन्तिम खेलबाट बाहिरिन बाध्य भयो । 

एनबीएससीका विधान गोस्वामीको घातक बलिङसामु पुलिसका खेलाडी क्रिजमा टिक्न सकेनन् । उनले ३ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । एनबीएससीका अलराउन्डर खेलाडी रवि शर्माले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । राहुल चौधरी, अुभव श्रीवास्तव र एमडीले समान १–१ विकेट लिए । 

यसअघि एनबीएससीले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १९० रनको विशाल योगफल खडा गरेको थियो । एनबीएससीलाई फाइनलमा पु¥याउन अलराउन्डर खेलाडी रवि शर्माले विस्फोटक ब्याटिङ र घातक बलिङ गरे । उनले ३६ बलमा ३ छक्का र ६ चौका हिर्काउँदै ५१ रनको अर्धशतकीय ईनिङ्स खेले । इमरान मलिकले २५ बलमा ४२ रन पारी खेल्दा मुकुन्द यादवले १७ बलमा अविजित २५ रनको योगदान दिए । इमरानले २ छक्का र ६ चौका प्रहार गरे । मुकुन्दले २ चौका हिर्काए । राहुल चौधरीले १० बलमा २२ रन, माइनकल कुमारले १२ बलमा अविजित २२ रनको योगदान दिए ।  

बलिङमा पुलिसका मन्जित श्रेष्ठले ४ ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । रसिद खान र ललित भण्डारीले समान २–२ विकेट लिए । रिसदले  ४ ओभरमा ३३ रन खर्चे भने ललित भण्डारीले ४ ओभरमा ४० रन खर्चेका थिए ।

सुदूरपश्चिमको पहिलो जित

यसअघि भएको पहिलो खेलमा सुदूरपश्चिमको एनबी ग्रुप धनगढीले पहिलो जित निकालेको छ । दिल्ली युनाईटेडमाथि सुदरपश्चिमले तीन रनको रोमान्चक जित हात पारेको हो । 

लगातार तीन खेलमा सुदूरपश्चिमले पहिलो जित दर्ता गराउँदै समूह ‘ख’ मा तेस्रो भयो भने पाहुना टोली दिल्ली लगातार तीन पटक पराजित हुँदै घर फर्किन बाध्य भयो । सुदूरपश्चिमले दिएको १९५ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १९२ रन बनाउन सक्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप