आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दिल्लीको लगातार पाँचौँ हार, बैंग्लोर २३ रनले विजयी

शनिबार, ०२ वैशाख २०८०, २१ : ०८
शनिबार, ०२ वैशाख २०८०

बैंग्लुरु । आईपीएलको २० औँ खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गर्दै यो सिजनमा दोस्रो जित हात पारेको छ ।  पहिले ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बैंग्लोरले विराट कोहलीको अर्धशतकको मद्दतले ६ विकेट गुमाएर १७४ रन बनाएको थियो । कप्तान फाफ डुप्लेसीले २२, महिपाल लोमररले २६, ग्लेन म्याक्सवेलले २४ र शाहबाज अहमदले २० रनको योगदान दिए ।

जवाफमा दिल्ली क्यापिटल्सको टोलीले निकै खराब सुरुवात गरेको थियो । ५३ रन नपुगेसम्म उनको आधा टोली पभिलियन फर्किएको थियो । कप्तान वार्नरले १९ रन बनाए भने पृथ्वी श र मिचेल मार्सले खाता खोल्न सकेनन् । यश धुलले मात्र १ रन बनाए ।

यसपछि मनिष पाण्डेले एक छेउबाट जमेर अर्धशतकीय पारी खेले तर अर्को छेउबाट विकेट बारम्बार गिरिरहेको थियो । दिल्लीको टोलीले अन्ततः २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाउन सक्यो ।

आईपीएलको यो सिजनमा दिल्ली क्यापिटल्सको यो लगातार पाँचौँ हार हो । अङ्क तालिकामा दिल्ली १० औँ अर्थात् अन्तिम स्थानमा छन् । अर्कोतर्फ बैंग्लोरको टोलीले यो जितपछि अङ्क तालिकामा एक स्थान सुधार गर्दै सातौँ स्थानमा पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप