सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चेल्सीको खराब फर्म कायमै, स्पर्स र न्युक्यासल पनि पराजित

शनिबार, ०२ वैशाख २०८०, २२ : १४
शनिबार, ०२ वैशाख २०८०

लण्डन । चेल्सीले आफ्नो खराब फर्म जारी राख्दै ब्राइटनसँग आफ्नै घरेलु मैदानमा पराजित भएको छ । एक गोलको अग्रता जोगाउन नसक्दा चेल्सी १–२ गोल अन्तरले विजयी भएको हो ।

खेलको १३ औँ मिनेटमा कोनर ग्यालागरले चेल्सीलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफ सकिन लाग्दा ड्यानी वेलब्याकले ब्राइटनका लागि बराबरी गोल फर्काए ।  दोस्रो हाफमा १९ वर्षीय हुलियो एनसिकोले उत्कृष्ट गोल गर्दै टोलीलाई जीत दिलाए ।

युरोपियन प्रतियोगितामा छनोटका लागि प्रयासरत ब्राइटन लिगको सातौँ स्थानमा छ भने चेल्सी ११ औँ स्थानमा सीमित रहेको छ । शनिबार नै भएका अन्य खेलमा तेस्रो स्थानमा रहेको न्युक्यासल एस्टन भिल्लासँग ०–३ गोलले स्तब्ध बन्यो । त्यस्तै, टोटनहम हटस्पर्स पनि बोर्नेमाउथसँग २–३ गोलले पराजित भयो । 

उता रेलिगेसनको खतरामा रहेको एभर्टन फुलहमसँग ३–१ गोलले हार्दा क्रिस्टल प्यालेसले साउथह्याम्पटनलाई २–० गोलले पराजित गर्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप