आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तीन लेखकका तीन कृति एकैसाथ विमोचन

शनिबार, ०२ वैशाख २०८०, २२ : २०
शनिबार, ०२ वैशाख २०८०

काठमाडौँ । मकालु प्रकाशन गृहबाट प्रकाशित तीनवटा पुस्तक आज विमोचन गरिएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ दूतावासका उपप्रमुख काउन्सिलर वाङ सिनले विमोचन गरेका थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपति गङ्गाप्रसाद उप्रेतीको चक्रब्यूह नेपाली कविता संग्रहको अंग्रेजी अनुवाद ‘एन इम्पेनट्रेबल फोर्टिफिकेसन’, मकालु प्रकाशन गृहका प्रवन्ध निर्देशक बासुदेव ढकालको ‘चिनियाँ यात्री फाहियानको यात्रा विवरण’ र चेतनाथ आचार्यको ‘नयाँ युगमा चीन’ पुस्तक विमोचन गरिएको हो ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र चीनबीचको सम्बन्धलाई प्रगाढ बनाउनका लागि यी किताबहरु महत्वपूर्ण भएको बताए । ढकालले लेखेको चिनियाँ यात्री फाहियानको यात्रा विवरणले इतिहासदेखिको दुई देशबीचको सांस्कृतिक सम्बन्धमा जोड दिएको बताउँदै उप्रेतीका नेपाली कवितालाई अंग्रेजी भाषामा अनुवाद गरेर नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय जगत्मा पुर्याउने काम भएको भन्दै प्रशंसा गरे ।

चिनियाँ दूतावासका काउन्सिलर वाङ सिनले यसले चीन र नेपालबीचको सम्बन्धलाई महत्वपूर्ण टेवा पुर्याउने बताए । चीनमा सी चिनफिङको नेतृत्वमा भएको प्रगति र चिनियाँ विकास तथा गरिबी निवारणमा भएको प्रगतिलाई आचार्यले नेपाली भाषामा किताबै लेखेर नेपालीहरुलाई राम्रो जानकारी दिएको उनले बताए । 

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपति तथा कवि गङ्गाप्रसाद उप्रेतीले आफू कुलपति हुँदा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने क्रममा चीन, भारत, पाकिस्तान, बंगलादेश, इजरायल लगायतका कवि तथा साहित्यकारहरुसँग साक्षत्कार गरेको बताए । उनले नेपाली कविताको लेखन पद्धति, शैली, प्रस्तुति, भाव कस्तो छ भन्ने जिज्ञासा मेटाउने प्रयासस्वरुप यो कविता सङ्ग्रह अंग्रेजीमा अनुवाद गरिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप