आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आईपीएल क्रिकेट : पञ्जाबसँग लखनउ पराजित

आइतबार, ०३ वैशाख २०८०, ०७ : ३१
आइतबार, ०३ वैशाख २०८०

काठमाडौं । लखनउ सुपर जायन्ट्सलाई पराजित गर्दै पञ्चाब किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल)को चौथो स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा पञ्जाबले लखनउविरुद्ध २ विकेटको जित हात पार्‍यो। 

घरेलु मैदानमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको लखनउले २० ओभरमा ८ विकेट गुमाउँदै १५९ रनको योगफल बनायो। १६० रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले १९.३ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। 

जितसँगै पञ्जाब ५ खेलबाट ६ अंक जुटाउँदै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। ५ खेलबाटै ६ अंक जुटाएको लखनउ रनरेटका आधारमा दोस्रो स्थानमा छ। 

आइपीएलमा आज दुई खेल हुने भएका छन् । आव हुने पहिलो खेलमा मुम्बइले कोलकत्ता र गुजरातले राजस्थानको सामना गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप