सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एमबाप्पेको कीर्तिमानी गोलसँगै लेन्समाथि पिएसजी  विजयी

आइतबार, ०३ वैशाख २०८०, ०७ : ४३
आइतबार, ०३ वैशाख २०८०

काठमाडौं । फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको कीर्तिमानी गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्स लिग वानमा लेन्सलाई सहजै पराजित गरेको छ ।

पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलमा पिएजीले लेन्समाथि ३–१ गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा एमबाप्पेसँगै लियोनेल मेस्सी र भिटिन्हाले गोल गरे । लेन्सका प्रजेमिस्लाव फ्रान्कोस्कीले एक गोल फर्काए ।

लिगको शीर्षस्थानमा  पिएसजी छ भने दोस्रो स्थानमा लेन्स छ । शनिबार राति भएको खेलमा एक गोल गरेसँगै एमबाप्पे लिग वानमा पिएसजीको सर्वाधिक गोलकर्ता बनेका छन् । उनले एडिन्सन काभानीको कीर्तिमानलाई तोडेका हुन् । एमबाप्पेले १६९औं लिग खेलमा १३९औं गोल गरेका हुन् ।

यस जितसँगै पिएसजीले शीर्षस्थानमा ९ अंकको स्पष्ट अग्रता बनाएको छ । पिएसजीको ३१ खेलबाट ७२ अंक पुगेको छ । पराजित लेन्स ६३ अंक जोडेर दोस्रो स्थानमा यथावत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप