सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रियल म्याड्रिडसँग क्याडिज पराजित

आइतबार, ०३ वैशाख २०८०, ०८ : १९
आइतबार, ०३ वैशाख २०८०

काठमाडौँ ।  स्पेनिस ला लिगामा रियल म्याड्रिडले क्याडिजलाई २–० ले पराजित गरेको छ ।  

क्याडिजमा शनिबार राति भएको खेलमा रियलले  घरेलु टोली क्याडिजलाई पराजित गरेर शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी छोट्यायो। रियलको जितमा नाँचो फर्नान्डेस र मार्को एसेन्सियोले गोल गरे । 

यो जितसँगै रियलले बार्सिलोनासँगको अंक दूरी १० मा छोट्याएको छ । एक खेल कम खेलेको बार्सिलोनाको ७२ अंक रहँदा रियलको ६२ अंक छ । पराजित क्याडिज ३१ अंक जोडेर १५औं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप