आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

३० दिनमा सकियो शोभितको ‘जय हो’

आइतबार, ०३ वैशाख २०८०, १० : ४९
आइतबार, ०३ वैशाख २०८०

काठमाडौँ । शोभित बस्नेत प्रस्तुतिको फिल्म ‘जय हो’को छायाङ्कन सकिएको छ ।

शनिवार मुक्तिनाथमा फिल्मको अन्तिम दृश्य खिच्दै निर्माण युनिटले छायाङ्कन सकाएको हो । फिल्मको छायाङ्कन ३० दिनमा सकिएको प्रस्तुतिकर्ता शोभित बस्नेतले बताए ।

कास्की र मुस्ताङको विभिन्न स्थानमा छायाङ्कन भएको फिल्म ‘जय हो’को निर्देशन टेक पौरखी राईले गरेका हुन् ।

अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दीपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतको अभिनय फिल्ममा छ  ।

सुरेश न्यौपानेको कथा रहेको फिल्ममा सम्राट बस्नेतको व्दन्द्व, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी छ । सौरभ लामाको छायाङ्कन, शम्भु जित बाँस्कोटा र सागर आले मगरको संगीत रहेको फिल्म कमेडी, एक्सन र लभ स्टोरी कथामा निर्माण भएको हो । 

सलिना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् । फिल्मको रिलिज मिति अगामी भदौ ८ तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप