सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यातायात कार्यालयको हेल्प डेक्समा आगजनी गरेको अभियोगमा पक्राउ

आइतबार, ०३ वैशाख २०८०, ११ : ५०
आइतबार, ०३ वैशाख २०८०

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका-५ राधेराधेस्थित यातायात कार्यालयभित्र रहेको हेल्प डेक्समा आगजनी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । 
पक्राउ पर्नेमा सिन्धुपालचोकको मेलम्ची नगरपालिका-१ घर भई हाल भक्तपुर राधेराधे बस्ने ४१ वर्षीय राज कुमार चौलागाई रहेका छन् । उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

चौलागाईले मादक पदार्थ सेवन गरी उक्त हेल्प डेक्समा आगजनी गरेको सूचनाका आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । आगलागीबाट हेल्प डेक्स जलेर करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप