मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

रनका नयाँ मोडलका कलेज शुज बजारमा

सोमबार, १९ असार २०७४, १९ : ३२
सोमबार, १९ असार २०७४

काठमाडौं – नेपाली बजारमा आफनो उत्पादन विक्रि गरेर उपभोक्ताको मन जित्न सफल रन सुज इण्डष्टिज प्रा. लि ले नयाँ मोडलका कलेज शुज बजारमा ल्याएको छ ।
नयाँ मोडलका कलेज शुजहरुमा ९ मोडेल रहेका छन । विभिन्न डिजाइनमा बनेका कलेज शुज भिन्न हाइट र भिन्न च्वाइस भएका विद्यार्थिहरुलाई मन पर्ने डिजाइनमा बनाइएको रन शुजका प्रवन्ध निर्देशक रुद्र न्यौपानेले जानकारी दिए ।  विशेषतः कलेज  शुजका नयाँ मोडलहरु एग सोल प्रयोग गरिएकोले हलुका र आरामदायिक छन् । उच्चस्तरिय ‘मेटेरीएल्स’ प्रयोग गरिएको कलेज शुज स्वास्थ्य उपयोगी रहेका र अत्यन्त सुलभ मुल्यमा कलेज शुजहरु उपलब्ध गराइएको पनि न्यौपानेले बताए । 

रन ब्राण्डका यी जुत्ताहरु विभिन्न उमेर समुहका व्यक्तिहरुलाई मध्य नजर गरि तयार गरिएको हुँदा बजारमा सजीलै बिक्रि हुने कम्पनीको दाबी छ । 
रनको जुत्ताहरुमा ६ महिनाको वारेन्टी समेत प्रदान गरिदैं आएको छ । उद्योगले हाल ६ सय ९५ भन्दा धेरै मोडलका पार्टी शुज, स्पोर्टस् शुज, क्याजुअल शुज, स्कुल÷कलेज शुज, लेडिज तथा जेन्स चप्पल उत्पादन गर्दै आएको छ । 

हाल रन ब्राण्डका जुत्ता तथा चप्पल मुलुकको ७५ वटै जिल्लाहरुमा बिक्रि वितरण हुँदै आएको छ । रन शुजको उपत्यका बाहिर पोखरा, बुटवल, बाग्लुङ्ग, धनगढी, नेपालगञ्ज, विराटनगर लगायतका स्थानहरुमा ६ वटा र उपत्यका भित्र पाँच वटा आधिकारिक शोरुम रहेको छ । 
कम्पनीले गुणस्तर मापदण्डको आधारमा दिईने अन्तराष्ट्रिय स्तरको आइ. एस. ओ. ९००१ः२००८ अवार्ड समेत प्राप्त गरिसकेको छ । कम्पनीले गत वर्ष देखि ठूलो परिमाण क्षमता भएको पी.यू. का जुत्ता तथा चप्पल उत्पादन गर्ने पी.यू. प्लान्ट स्थापना गरि दैनिक २ हजार जोर जुत्ता चप्पल उत्पादन गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप