आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भाजपा विदेश विभाग प्रमुख चौथाइवाले नेपाल आउँदै

आइतबार, ०३ वैशाख २०८०, १३ : ४३
आइतबार, ०३ वैशाख २०८०

काठमाडौँ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवाले नेपाल भ्रमणमा आउने भएका छन् । चौथाइवाले एक कार्यक्रममा सहभागी हुन आइतबार नेपाल आउन लागेका हुन् ।   सडक मार्ग हुँदै साँझ नेपाल आउन लागेका चौथाइवाले धनगढीमा आयोजना हुने कार्यक्रममा सहभागी हुने बताइएको छ ।

भारतको अन्तर्राष्ट्रिय सहयोग परिषद् (एआरएसपी) र नेपाल–भारत सहयोग मञ्च (नेपाल)को आयोजनामा शनिवारदेखि धनगढीमा ‘मानस खण्ड’ नामको  कार्यक्रम भइरहेको छ । उनी सो कार्यक्रममा सहभागी हुन नेपाल आउन लागेका हुन् ।  नेपाल–भारतका नागरिक तथा सांस्कृतिक सम्बन्धका विषयमा त्यहाँ छलफल हुने बताइएको छ । सो कार्यक्रममा सहभागी भएर उनी मङ्गलवार काठमाडौँ आउने बताइएको छ । 

सोमवार हुने एउटा सत्रको अध्यक्षता नेपाली काङ्ग्रेसकी नेतृ आरजू राणा देउवाले गर्ने छिन् भने सोही सत्रको सह अध्यक्षता भाजपाका विदेश विभाग प्रमुख चोथाइवालेले गर्नेछन् । सोही सत्रमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भगतसिंह तोला, शैलेन्द्र खनाल लगायत वक्ता रहेका छन् । चौथाइवाले प्रधानमन्त्री प्रचण्डलगायत शीर्ष नेताहरूलाई भेटेर दिल्ली फर्किने कार्यक्रम रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप