सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

शाे नपाएपछि फिल्म ‘बुलाकी’ हलबाट फिर्ता लिने निर्माताको घोषणा

आइतबार, ०३ वैशाख २०८०, १४ : ०७
आइतबार, ०३ वैशाख २०८०

काठमाडौंँ । फिल्म ‘बुलाकी’ को प्रदर्शन आजबाट रोकिने भएको छ । निर्माता बिराज विष्टले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै फिल्म ‘बुलाकी’ हलबाट निकाल्ने घोषणा गरेका हुन् । प्रदर्शकले फिल्मलाई राम्रो सो नदिएको उनको आरोप छ ।

‘हाम्रो चलचित्र हेर्न बाँकी सम्पूर्ण दर्शकहरूलाई पर्न गएको असुविधाप्रति क्षमा याचना गर्दै आइतबारबाट प्रदर्शनरत सबै हलबाट चलचित्र फिर्ता लिएको घोषणा गर्दछौँ’, निर्माता विष्टले फेसबुकमा दर्शकसँग क्षमा माग्दै लेखेका छन्, ‘सम्पूर्ण दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाएको फिल्मलाई चौतर्फी घेराबन्दी गरी जसरी निर्माता डुबाउने खेल खेलियो यो हामी विल्कुल मान्न तयार छैनौँ ।’

फिल्म नयाँ वर्षको अवसर पारेर शुक्रवारबाट प्रदर्शनमा आएको थियो । प्रदर्शन अगाडि गरिएको प्रिमियरमा फिल्मले राम्रो प्रतिक्रिया पाएको थियो । लक्ष्मण सुनार निर्देशित फिल्ममा सुरक्षा पन्त, बिराज विष्ट, नरेन खड्का लगायतको मुख्य अभिनय रहेको छ । फिल्मले कर्णाली भेगको जारी प्रथा कथावस्तुको रूपमा उठाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप