आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सांसद भागे, बैठक सकिएपछि मात्रै हाजिरी गराइयोस् : सांसद ढकाल

आइतबार, ०३ वैशाख २०८०, १४ : ३६
आइतबार, ०३ वैशाख २०८०

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संसद बैठक सकिएपछि मात्रै हाजिरी गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद ढकालले सांसदहरु हाजिर गरेर भाग्ने प्रवृत्ति रहेको भन्दै बैठक सकिएपछि हाजिरीको व्यवस्था गर्न माग गरे ।

 उनले भने– ‘संसदको एउटा बैठक सञ्चालन गर्न लाखौँ रुपैयाँ खर्च हुन्छ । यहाँ थिति बसाल्ने कुराहरु बेसमारी चल्छ । म आश्चर्यचकित भएको छु यो चार महिनामा । गत २९ गतेको बैठकमा बिहान हाजिर गर्ने १६२ जना माननीय हुनुहुन्थ्यो बेलुका जम्मा ६१ जना । गजब लाग्यो । यसलाई चलन चल्तीको भाषामा भन्दो रहेछ हाजिर गरेर टाप कस्ने ‘हाटा’ भन्दो रहेछ । सदनमा यस्तो हाटा नचले हुन्थ्यो भन्ने मेरो आग्रह छ । थिति बसाल्ने ठाउँमा पनि यस्तो चलनले समाजमा कस्तो असर पर्छ होला ?’

उनले अगाडि भने– ‘हामीले संसदीय गरिमाको कुरा, मर्यादाको कुरा गर्दा, हामीले यहाँबाट बाहिर गएर भाषण गर्दा बाहिर कस्तो सन्देश प्रवाह हुन्छ होला ? एक पटक हैन २ पटक संसदमा गणपुरक संख्या पुगेन विधेयक प्रस्तुत गर्ने बेलामा ।’  सांसद ढकालले सदन सकिने बेलामा हाजिरी गर्ने व्यवस्था गराउन माग गर्नुका साथै आफू बैठक सकिएपछि मात्रै हाजिरी गर्ने कुरा संसदमा जानकारी समेत गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप