सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सूर्य नेपाल एनपिजीए टुर सोमवारबाट हुने

आइतबार, ०३ वैशाख २०८०, १६ : ४८
आइतबार, ०३ वैशाख २०८०

काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल एनपिजीए टुर च्याम्पियनसिप सोमबारबाट गोकर्ण गल्फ क्लबमा हुने भएको छ । 

आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर सूर्य नेपालले सूर्य नेपाल एनपिजीए टुर आयोजना हुने जानकारी दिएको हो । चार दिन चल्ने प्रतियोगितामा ७२ होलमा प्रतिष्पर्धा हुनेछ । 

प्रतियोगितामा ३२ व्यवसायिक गल्फर र आठ एमेच्योरले सहभागिता जनाउने छन् । सुरुवाती ३६ होलपछि शीर्ष २१ प्रो र शीर्ष ६ एमेच्योरले कट बनाउनेछन् ।

चार दिने प्रतियोगितामा भुवन नगरकोटी, जयराम श्रेष्ठ, सञ्जय लामा, धन थापा, रामे थापा मगर, निरज तामाङ,  रवि खड्का, सद्भाव आचार्य , सुवास तामाङ  लगायतले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताको कुल पुरस्कार रकम आठ लाख रुपैयाँ छ । विजेताले एक लाख ४० हजार, उपविजेताले ९० हजार तथा तेस्रो स्थान हासिल गर्नेले ६७ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप