सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

आइतबार, ०३ वैशाख २०८०, १९ : १८
आइतबार, ०३ वैशाख २०८०

कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । थप एक जना घाइते भएका छन् ।

जिल्लाको बेलौरी नगरपालिका–४ रानाटोलस्थित सडकमा भकुण्डादेखि बेलौरी बजारतर्फ जाँदै गरेको से.७ प ५९४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर शनिबार सोही नगरपालिका–१० शिवनगरका २२ वर्षीय रामबहादुर चौधरीको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको इशान मेमोरीयल अस्पताल बेलौरी हुँदै निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको  निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप