सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विदेश पठाइदिन्छु भन्दै २२ जनासँग लाखौँ ठगी

आइतबार, ०३ वैशाख २०८०, २१ : २९
आइतबार, ०३ वैशाख २०८०

काठमाडौँ । वैदेशिक रोजगारीको लागि इटाली, दक्षिण कोरिया, न्युजिल्याण्ड तथा पोर्चुगल लगायतको देशहरूमा पठाइदिन्छु भन्दै लाखौँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ग्रीनलिफ इन्टरनेसनल कन्सल्टेन्सी प्रालि र नेपाल स्नोफल माउन्टेन्स ट्रेक एन्ड एक्सपिडिसनका सञ्चालक २८ वर्षीय सुधन कुमार शाही र प्रबन्ध निर्देशक ३१ वर्षीय अनिल श्रेष्ठ रहेका छन् ।

‘विदेशमा प्रतिष्ठित कम्पनीमा काममा लगाइदिन्छु, मासिक १ लाख रुपैयाँभन्दा बढी कमाई हुन्छ । त्यसका लागि ५ लाख मात्र लाग्छ’ भन्दै उनीहरूले २२ जनासँग पटक पटक गरी जम्मा रु. ६६ लाख ३७ हजार रुपैयाँ लिई सम्पर्कविहीन बनेका थिए । 

पीडितहरूको उजुरीको आधारमा उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत ३० गते सिनामंगलबाट पक्राउ गरेको थियो । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप