आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

रवि लामिछानेका गाडी चालक घरको छतबाट खसेर गम्भीर घाइते

सोमबार, ०४ वैशाख २०८०, ०८ : ५२
सोमबार, ०४ वैशाख २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा छतबाट खसेर गम्भीर घाइते भएका छन् । सोमबार विहान ४ बजेतिर लामिछाने नै बस्दै आएको भरतपुर महानगरपालिका-११ को ३ तले घरको छतबाट खसेर उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

टाउको र खुट्टामा गम्भीर चोट लागेका थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चितवन  २ मा यही वैशाख १० गते हुने उपनिर्वाचनको उम्मेदवार लामिछानेका गाडी चालक थापा आइतबार तनहुँबाट चितवन फर्किएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप